हात भाँचिएर प्लास्टरका लागि भेरी अन्चल अस्पतालमा आएका वर्दिया तारातालका एक बालक ।
चिकित्सकहरु आन्दोलनमा उत्रिएपछि बाँकेका सबै अस्पताल तथा क्लिनिकको सेवा आज दोस्रो दिन पनि बन्द छ । सुरक्षाको माग गर्दै सरकारी तथा निजी अस्पताल र क्लिनिक अनिश्चितकालीन बन्द गरेर चिकित्सकहरु आन्दोलनमा उत्रिएपछि उपचारका लागि आएका बिरामी समस्यामा परेका छन् । आफुहरुको सुरक्षाको माग गर्दै चिकित्सकहरु आन्दोलित हुँदा इमरजेन्सी बाहेकका सबै सेवा बन्द भएका हुन् । बाँकेका सबै अस्पताल र क्लिनिक बन्द भएपछि बिरामी भने थप उपचारका लागि अन्य जिल्ला तथा भारतीय अस्पताल धाउन थालेका छन् । भेरी अञ्चल अस्पतालका वरिष्ठ चिकित्सक सर्जन तथा माँ जानकी हस्पिताल सञ्चालक डा. श्यामसुन्दर यादवलाई उपचारमा लापरबाही गरेको भन्दै दुव्र्यवहार गरिएको भन्दै चिकित्सक संघले विरोध जनाएको हो ।