दीक्षान्त समारोहमै विवाह प्रस्ताव

स्कटल्यान्डको एक युनिभर्सिटीले आयोजना गरेको दीक्षान्त समारोहमा एक छात्रले अर्की एक छात्रासमक्ष विवाह प्रस्ताव राखेका छन् । स्कटल्यान्डको युनिभर्सिटी अफ अर्बेडिनले इकोनोमिक्स तथा फाइनान्समा मास्टर डिग्री उत्तीर्ण गरेका विद्यार्थीहरूका लागि आयोजित दीक्षान्त समारोहमा उक्त प्रस्ताव राखिएको थियो ।

२२ वर्षीया छात्रा एसेल नुर्मुखामबेतोभालाई दीक्षित गर्ने बेलामा सोही कक्षामा पढ्ने इब्रागिम तासिमले स्टेजमा गएर विवाह प्रस्ताव राखेका थिए । काजकिस्तानवाट अध्ययनका लागि स्कटल्यान्ड पुगेका दुवै विद्यार्थी पूर्वपरिचित हुन्, तर अकस्मात् आएको विवाह प्रस्तावले एसेल रणभुल्लमा परेकी थिइन् । उनीहरूले आफ्नै देशमा गएर विवाह  गर्ने योजना बनाएका छन् ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार