महाराजगन्ज प्रहरी वृत्तले बाँसबारी क्षेत्रबाट लोकप्रिय लोकगायक बद्री पंगेनीसहित ११ जनालाई पक्राउ गरेको छ । होहल्ला गरेर अशान्ति मच्चाएको भन्दै स्थानीयले दिएको उजुरीको आधारमा छापा मार्दा गायक पंगेनीसहित ११ जना बुधबार पक्राउ परेका हुन् । गायक पंगेनी राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष समेत हुन् ।
उनीहरु जमघट भएको भाडाको कोठाबाट २ लाख ४ हजार नगद र केही गड्डी तास पनि बरामद गरेको प्रहरीले जनाएको छ ।
मंगलबार राति काठमाडौंको बाँसबारी क्षेत्रबाट जुवा खेलिरहेका बेला गायक पंगेनीसहित ११ जना पक्राउ परेको महाराजगंज प्रहरीका डिएसपी गोबिन्द पुरीले जानकारी दिए।
पक्राउ परेकाहरुलाई जिल्ला प्रशासन कार्यालय पठाएको पुरीले बताए। ‘हिँजो निरमाया रोदी क्लबका मेरा भाईहरु पक्राउ परे भनेर बुझ्न गएको हुँ। म पक्राउ परेको होइन,’ पंगेनीले भने।
लोक गायक गायिकाहरुको संघमा समेत पंगेनी नेतृत्व तहमा छन् । उनले चुनावमा एमालेलाई भोट हाल्न उत्प्रेरित गर्दै गीत गाएका थिए।