सर्लाही ।
नेपाल विद्युत प्रधिकरण बरहथवा उपशाखाका कर्मचारी धमेन्द्र यादव २५ हजार घुस लिँदालिँदै अख्तियार फन्दामा परेका छन् ।
बिजुलीको मिटर जडान गरिदिने भन्दै सेवाग्राहीसँग २५ हजार घुस लिँदालिँदै अख्तियारको सम्पर्क कार्यालय बर्दिवासको टोलीले कार्यकक्षबाटै यादव पक्राउ गरेका हुन् ।
यादवलार्इ थप अनुसन्धानका लागि अख्तियारको सम्पर्क कार्यालय बर्दिवास लगिएको छ।