उर्लाबारी नगरपालिका-७ का २१ वर्षीय निशानका बुवा नित्यानन्दले एपीवान टेलिभिजनबाट प्रसारण हुने नेपाल आईडलका प्रतिस्पर्धी निशान भट्टराईको ‘भोटिङ’ प्रचारका लागि दुई साता अघि मात्रै ब्याएको लैनो गाई ६० हजारमा विक्री गरेका हुन् ।
उनलेे त्यही पैसा खर्च गरेर छोरालाई नेपाल आइडल बनाउन प्रचार गरिरहेका छन् ।
निशान अहिले प्रतियोगिताको टप टेनमा पुगेका छन् । सामान्य परिवारमा जन्मिएका निशान स्कुलमा भर्ना भएदेखि नै गीतसंगीतप्रतिको लगाव राख्ने गरेपछि उनको प्रतिभाको सम्मान गर्दै भृकुटी मोडल स्कुलले संगीत कक्षा नै चलाउन सुरु गरेको थियो ।