काठमाडौँलाई साईकलसिटी बनाईने

काठमाडौंलाई साइकल सिटी बनाउने प्रतिबद्धता व्यक्त गरेका काठमाडौं महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यले उपत्यकाभित्र साइकल सञ्जाल विस्तार गर्ने कार्ययोजना ल्याएका छन्। आजदेखि सुरू महानगरको नगरसभामा प्रस्तुत नीति तथा कार्यक्रममा काठमाडौंलाई साइकल मैत्री बनानउने दीर्घकालिन सोचअनुसार पहिलो चरणमा पशुपतिदेखि टेकुसम्मको रूटलाई साइकल लेन बनाउने जनाइएको छ।

काठमाडौंका अन्य नगरहरूसँगको समन्वयमा वृहत साइकल सञ्जालन निर्माणको लागि अध्ययन कार्य अगाडि बढाउँदै जाने तर तत्काल पशुपतिदेखि टेकुसम्मको बागमति किनारामा साइकल लेन विस्तार गरिने महानगरको योजना रहेको छ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार