नेपाली मुलुकका बेलायती सेनामा कार्यरत भुपु गोर्खाहरुको गत २५ वर्ष देखिन आफु माथि गरि रहेको भेदभाव विरुद्धको लडाई करिब करिब अन्तिम चरणमा पुगेको छ।
पुर्व प्रधानमन्त्री के पी शर्मा ओलीको नेतृत्वमा रहेको सरकारले पहिलो पटक आफ्ना समकक्षी बेलायत सरकार संग भुपु गोर्खाहरुका उठाएको आवाज गोर्खाहरुका लागी कोसे ढुङ्गा साबित बन्दैछ। नेपाल र बेलायत सरकारको परिर्वतन सगंसगै भूपु गोर्खाहरुको आन्दोलनलाई चरम उत्कर्षमा पु–याउन सफल गोर्खा सत्यग्रह संघर्ष समिती फेरी एक पटक नेपालमा सकृय भएको छ।
यसै क्रममा पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीको निवास स्थानमा गोर्खालीहरु बिच भेटघाट भयो । चुनावी दौरानमा निकै अस्वस्थ बनेका केपी शर्मा ओलीले निर्धारित सम्पुर्ण भेटघाट कार्यक्रमलाई रद्द गरेपनि घरमै पुगेका गोर्खालीलाई भनि उनले नभेटी फर्काउन सकेन्न। गोर्खा आन्दोलनका बारेमा गहिरो अध्ययन गरेका केपी शर्मा ओलीले नेकपा एमाले सरकारमा होस या नहोस् यो आन्दोलन तपाइहरुको मात्रै होईन हाम्रो पनि हो भन्दै आफु अस्वस्थ हुदांहुदै पनि भेटेका थिए। माननीय सांसद तारा राइ लगाएत एमालेका सांसद थिए भने गोर्खालीका नेतृत्व केन्द्रिय संयोजक कृष्ण राइले गरेका थिए ।
त्यसै गरी १६ जुुलाइ २०१७ कै दिन नवनियुक्त प्रधानमन्त्री शेर बहादुुर देउवालाई प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा भेटि सरकार सरकार बिच भएको वार्ताका बारेमा अवगत गराए । उक्त अवसरमा प्रधानमन्त्री शेर बहादुर देउवाले अझ यसलाई तिब्रताका साथ छिटो सकिने गरि पहल गर्नका लागी पर–राष्ट्रमन्त्रीलाई निर्देशन दिने बताए।
नेकपा एमाले, नेपाली काँग्रेस, नेकपा माओवादी, नेकपा माले, राप्रपा लगायत पार्टिका २१ जना सांसद सदस्य रहेको अलपार्टि पार्लियामेन्ट कमिटीका संयोजक नेपाली काँगे्रसका सांसद दिलमान पार्खिनले नेतृत्व गरेका थिए।
पाँच बुँदे माग राख्दै ६ वटा भुपु संगठन मिलि बनेको भुतपुर्व गोर्खा संयुक्त संघर्ष समितीले बेलायतका प्रधानमन्त्री कार्यालय लण्डन अगाडी आमरण अनसन गरेर आन्दोलनलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा पु–याएका थिए । आमरण अनसनको १५ औं दिन अनसनकर्ता भुपु ज्ञानराज राइलाई बेलायतकी चर्चित अभिनेत्री गोर्खालीकी छोरी जुवाना लुम्लेको हातबाट जुस खुवाई आमरण अनसन तोडिएको थियो ।
स्मरण रहोस् ः भुतपुर्व गोर्खा संयुक्त संघर्ष समितको कट्टर आलोचक भुपुहरुको पहिलो संगठन गेसोको नेतृत्व परिवर्तन संगसंगै सहकार्यको एकताले आन्दोलनरत भुपुहरुलाई उर्जा मात्र थपेन सधै आलेटाले गरी रहने बेलायत र नेपाल सरकारलार्इृ दबाव श्रृजना गरेको छ।
Photo courtesy : Namaste Europe