सिराहमा सन् १९६० मा मध्यमवर्गीय परिवारमा जन्मिएका उपेन्द्र महतो इमानदारिता, मेहनत र लगनशीलताका कारण स्वदेश तथा विदेशमा सफल व्यक्ति मानिन्छन् ।
माध्यमिक तह गाउँको साधारण सरकारी स्कुलमा पढेका महतो इन्जिनियरिङ क्याम्पस, पुल्चोक, ललितपुरबाट उच्च शिक्षा सुरु गरेका थिए । उच्च शिक्षा अध्ययनकै लागि रुस गएका महतो हाल त्यहाँका सफल व्यवसायी बनेका छन् ।
देश विकास र निर्माणमा विदेशमा रहेका नेपालीको सीप र लगानी भिœयाउनुपर्छ भन्ने मान्यता राखेर महतोले एनआरएनएको स्थापनामा सामूहिक पहल गरेका थिए ।
एनआरएनएलाई एउटा संस्था मात्र नभएर साझा सपना बोकेको अभियान मान्ने महतो नेपालको शान्ति र समृद्धिमा आफ्नो क्षमताअनुसारको योगदान दिनुपर्छ भन्ने मान्यता राख्छन् । मुलुकप्रतिको जिम्मेवारीबोध गराउने भावना बोकेको अभियान भएकाले एनआरएनएको छातामुनि रहेर संस्थापक अध्यक्षको भूमिका निर्वाह गर्न सफल महतो उदाहरणीय बनेका छन् ।
एनआरएनएको इतिहास र वर्तमानका बारेमा कुराकानी :
गैरआवासीय नेपाली संघ अहिले पनि स्थापनाकालकै उद्देश्य र भावनाअनुसार हिँडिरहेको छ जस्तो लाग्छ ?
स्थापनाकालमा एनआरएनहरूको मनमा एक प्रकारले देश विकास गर्नुपर्छ भन्ने सोच थियो । यसरी नै एनआरएनमा देशका बारेमा सोचेर एकदमै चिन्तित हुने बेला भइसकेको थियो । स्थापनाकालमा विदेशमा रहेका सबै नेपालीलाई देशका लागि केही न केही गर्नुपर्छ भन्ने भावना थियो ।
तर, त्यस बेला देशका लागि के गर्ने भन्ने ठोस ‘रोड म्याप’ भने थिएन । व्यक्तिगत रूपमा सबैले देशको समृद्धिका लागि सोचिरहेको हुन्थे । विदेशमा बस्ने नेपालीमा नेपाललाई आर्थिक रूपमा विकास गर्ने सोच र भावना सामूहिक भएको पनि थिएन ।
नेपालको समृद्धि चाहने सोचाइले नै एनआरएनएको जन्म भएको थियो । मेरो पनि सोच अरूको जस्तै अभियानका रूपमा देशलाई समृद्धिमा लैजाने थियो । तर, देश बनाउन कसैले एक्लै सक्दैन । अहिले नेपालबाहिर रहेका नेपालीको ठूलो समूह देश बनाउनुपर्छ भनेर चिन्तित छन् ।
देश बनाउनैपर्छ भन्ने भावना भएका समूहलाई कसरी एकीकृत गराउने त भन्ने भावनाले एनआरएनएको जन्म भएको हो । म अहिले पछाडि फर्केर एनआरएनएलाई हेर्दा धेरै सन्तुष्ट छु । धेरै नेपालीले आफ्नो देशप्रतिको जिम्मेवारी महसुस गरेको हुनाले मैले सबैभन्दा ठूलो उपलब्धि त्यसलाई नै मानेको छु ।
सुरुमा एनआरएनए एउटा अभियान मात्र थियो, तर अहिले संस्थाजस्तो पनि भएको छ । एनआरएनए अहिले संस्थागत भएको हो ?
यसमा म अभैm पनि सहमत छैन, किनभने यो अझै अभियान नै हो । अहिलेसम्म पनि यो अभियानमा नै छ । यदि कसैले यसलाई अभियान होइन, संस्था हो भन्छ भने त्यसले एनआरएनएको भावनालाई रोक्न खोजेको हो । यो देशको समृद्धिको अभियान लिएर बनेको हो ।
देश समृद्ध नहुन्जेलसम्म यो अभियानका रूपमा अघि बढिरहन्छ । त्यसले गर्दा हामीले जुन उद्देश्यले स्थापना गरको हो, त्यो पूरा नगरी यसको स्टेज कसरी ‘चेन्ज’ हुन्छ ?
त्यसो हो भने देशको समृद्धिका लागि एनआरएनएले के गर्याे त ?
देशको समृद्धिका लागि सबैभन्दा ठूलो कुरा गर्दा एनआरएनएले नेपालका लागि केही गर्नुपर्छ भन्ने भावना जगायो । व्यक्तिगत रूपमा अभैm पनि एनआरएनएले केही न केही गरिरहेकै छ ।
सामूहिक रूपमा केही प्रोजेक्ट पनि अघि बढ्न थालेको छ । त्यो परियोजना भविष्यमा अभैm बढ्दै जाने कुरामा दुईमत छैन । घर बनाउँदा सबैभन्दा महŒवपूर्ण कुरा बेस भनेभैंm हाम्रो पनि सबैभन्दा ठूलो आधार यसप्रतिको ‘फिलिङ’ हो ।
हामी भित्रि आत्मादेखि नेपाललाई समृद्ध बनाउनुपर्छ भन्नेमा छौं । त्यसैले एनआरएनएले के गर्याे भन्दा पनि अभैm धेरै गर्न बाँकी छ । नेपालमा काम गर्न धेरै समस्या छन् । कसैले देशका लागि अलि–अलि गरेको देखिँदैन । यसकारण देखिने किसिमले गर्नुपर्छ । यसका लागि सबै कुराको तयारी भइसकेको छ ।
कुनै बेला एनआरएनएले सामूहिक फन्ड पनि बनाएको थियो, त्यो कहाँ पुग्यो ?
पहिला फन्ड खडा गर्ने र त्यसबाट सामूहिक लगानी गर्ने भन्ने उद्देश्य थियो । अहिले पनि सामूहिक लगानीकै अवधारणामा प्रोजेक्टहरू अगाडि आइरहेका छन् ।
जस्तै– हाइड्रोपावर, सञ्चार, बैंकिङ, फाइनान्स क्षेत्रमा नेपालमा संयुक्त लगानी आएका छन् । अहिले के भयो भने फन्ड जम्मा गरेर लगानी गर्ने भन्दा प्रोजेक्टवाइज सामूहिक लगानी गर्ने भन्ने अवधारणा आयो । संसारका कुनै पनि देश व्यक्तिगत लगानीले मात्र विकास हुन सक्दैन । त्यसमा सामूहिक लगानीको ठूलो भूमिका हुन्छ ।
देश विकास हुन सानादेखि ठूला लगानीकर्ताको सहभागितामा लगानी भएको हुनुपर्छ । यसरी नै साना, मझौला व्यवसायीको संख्या बढ्नुपर्छ । त्यो कुराका लागि सामूहिक लगानीको एकदमै आवश्यकता छ ।
अहिले जसरी प्रोजेक्टवाइज लगानी भएको छ, त्यसको असर सामूहिक लगानीमा अवश्य पर्छ । पहिला पोजेक्ट सुरु नगरी लगानीका फन्ड संकलन गर्नु अलिक छिटो भएको थियो जस्तो लाग्यो । अब त्यो फन्डलाई प्रोजेक्टवाइज हँुदै सामूहिक लगानीतिर लैजान सकिन्छ ।
त्यसो हो भने उपेन्द्र महतो, जीवा लामिछाने, शेष घले र भवन भट्टले मात्र धेरथोर लगानी गरे, अरूले गरेनन् भनेर आरोप लागेको सही हो त ?
मैले अघि नै भनिसकें, देशमा धेरै लगानीको खाँचो छ । एनआरएन सम्मेलनमा आउँछन्, लगानी गर्छु भन्छन् तर त्यसको कार्यान्वयन हुँदैन भन्ने सबैमा छाप परेको छ ।
स्थापनाकालमा नेपालमा देखिने गरी चार–पाँच जनाको मात्र व्यक्तिगत लगानी थियो । अहिले ४/५ सय पुगिसकेको अवस्था छ । नेपाल र एनआरएनएका लागि यो एउटा खुसीको कुरा हो ।
मलाई विश्वास छ कि केही समयपछि नेपालमा ४/५ हजार व्यक्तिगत लगानीकर्ता पनि पुग्न सक्छन् । अभैm पनि विदेशमा हजारदेखि १ लाख डलरसम्म पैसा हुने नेपाली धेरै छन् । त्यो धेरै संख्यामा रहेको नेपालीलाई नेपालमा लगानी गर्न ल्याउन सकिन्छ । अहिले आपूmसँग धेरै पैसा भएको नेपाली मात्र नेपालमा लगानी गर्न आएका छन् ।
आपूmसँग धेरै पैसा भएका नेपाली अभैm पनि विदेशमा धेरै छैनन् । थोरै पैसा भएका धेरै नेपालीको लगानी ल्याउन नसक्दा नेपाली समाजमा विकासको असर नदेखिएको हो । अर्कोे समस्या के छ भने नेपालमा काम गर्न त्यति सजिलो छैन ।
एनआरएनलाई नेपालमा लगानी ल्याउन के–के समस्या छन् ?
नेपालमा कुनै काम गर्न लामो समय लाग्ने प्रक्रिया नै मुख्य समस्या हो । नेपालको नियम–कानुनले सहज रूपमा लगानी भिœयाउन असर परेको छ भनेर म भन्दिनँ ।
नेपालको नियम–कानुन धेरै राम्रो छ । तर, कार्यान्वयन पक्ष एकदमै नराम्रो छ । स्वदेशी तथा विदेशी लगानीका लागि नेपालका कानुन धेरै सुधार गर्नुपर्ने नै छैनन् । सुधार गर्नुपर्ने, कार्यान्वयन गराउने व्यक्ति र कार्यान्वयन प्रक्रिया मात्र हो ।
त्योचाहिँ नेपालमा हुन सकिरहेको छैन । कानुनी झन्झट भएको भए त्यसलाई लेखेर सच्याउन सकिने थियो, तर प्रक्रियागत झन्झट भएकाले मानिसलाई चेन्ज गर्न गार्हाे छ ।
मानिसको आचरण परिवर्तन गर्नुपर्छ । मानिसको आचरण परिवर्तन गर्न समय लाग्छ । नेपालमा राजनीतिक लिडरभन्दा पनि इकोनोमिक लिडरको आवश्यकता छ ।
त्यसोभए नेपालको आर्थिक विकासका लागि राजनीतिक नेताको भिजन नभएको हो त ?
नेपालमा बेरोजगारी, गरिबी र अशिक्षा त छँदै छ, त्योभन्दा पनि खतरा कुरा समाजमा असमानता बढिरहेको छ । धनी र गरिबबीचको खाल्डो पनि धेरै रहेको छ । त्यो खाल्डोलाई कम गर्न सकिएन भने त्यो देशलाई तथ्यांकका रूपमा बुझेका छौं भने त्यो गलत हो ।
हामीले के बुझ्नुपर्छ भने व्यावहारिक रूपमा नेपाली समाजमा एकता छ । धनी र गरिबबीचको खाडल हटाउन धेरै संख्यामा मध्यमवर्गको संख्या बढाउनुपर्छ । कुनै पनि देशमा रोजगारी दिन निजी क्षेत्र र सरकारले मात्र सक्दैन । त्यसका लागि स्वरोजगारलाई बढाउनुपर्छ ।
देशको बेरोजगारी दर घटाउन स्वरोजगारको योगदान ६० प्रतिशतसम्म रहेको हुन्छ । भनेपछि अहिले ६० प्रतिशत जनशक्ति ओझेलमा परेका छन् । त्यो ६० प्रतिशत जनसंख्यालाई नेपालमा ठूला–ठूला फ्याक्ट्री खोलेर बसौंला भन्ने छैन । यसरी स्वरोजगार भएर मानिसले नगद प्राप्त गरेपछि मानिसको सोचाइलाई निखार्छ ।
कुनै बेला संस्कारका कुरा गथ्र्यौं, आध्यामिक कुरा गथ्र्यौं, त्यो अवस्थामा यी दुई कुराले मानिसको दिमागलाई निखार्ने काम गर्ने गरेको थियो । तर, अहिलेको अवस्थामा मानिसलाई व्यावसायिकताले निखार्ने काम गरेको छ । विकासको युगमा मानिसले गर्ने क्रियाकलाप भनेको व्यवसाय हो । यसलाई अहिले प्राकृतिक कुराका रूपमा लिने गरिएको छ । स्वरोजगारको कुरा गर्दा हामीजस्तो लिडरले मात्र काम गरेर हुँदैन ।
किनभने हामी भनेको ‘बल्क’वाला ‘लिडर’, ससानो कुरामा ध्यान नजाने लिडर हौं । हामीलाई यस्तो सानो–सानो कुरामा ध्यान केन्द्रित गर्ने लिडर चाहिएको छ । हामीले साना–सानो कुरामा ध्यान दिएका हुँदैनौं । स्वरोजगारहरूले प्रगति गरिरहेका बेला हामीले सघाउनुपर्छ ।
तपाईंकै तर्कमा सहमति राख्दा आजका दिनमा एनआरएनले साना व्यवसायीलाई सहयोग गरेको छ त ?
यसमा अहिले यति सहयोग गरेको छ भनेर मसँग तथ्यांकचाहिँ छैन, तर यस्ता विषयमा रुचि भने देखाएको छ । सामाजिक विकास भनेको यस्तो हो, जुन कुरा लेखेअनुसार हुँदैन । यस्ता विषय पुस्तकअनुसार गएको हुँदैन । यदि यस्तो हुन्थ्यो भने अर्थशास्त्र पढाउने शिक्षकहरू नै धनी हुने थिए ।
त्यसकारण बाहिरको जस्तो एन्जेल इन्भेष्टर नेपालमा हुनुपर्छ जस्तो मलाई लाग्दैन । त्यसो हो भने पहिला धनी र गरिबबीच ठूलो खाल्डो बनाऊँ अनि धनीले धेरै फन्ड बनाउँछ । अनि गरिबलाई आर्थिक रूपमा माथि उठाऊँ । हाम्रो एनआरएन पनि त्यही लेभलमा छ ।
धेरै धनी भइसकेको छैन । तर, ‘हाइयर देन मिडल’ भने भइसकेको छ । उनीहरू अब व्यवसायमा सहयोगीका रूपमा होइन, साझेदारका रूपमा आउनुपर्याे । आपूm पनि सहभागी हुने र त्यसमा लागेकाहरूलाई पनि आर्थिक सहयोग गर्ने गर्नुपर्छ । जबसम्म फाइनान्सियल्ली सहभागिता हुँदैन तबसम्म रुचि पनि त्यसमा धेरै हुँदैन ।
सामाजिक लगानी कोषजस्तो सबैलाई साझेदार बनाएर लैजाने संभावना एनआरएनएसँग छ त ?
एनआरएनए एउटा सामाजिक संस्था हो । यो कमर्सियल संस्था होइन, यसले आपंैm बिजनेस गर्न सक्दैन । यसले प्लेटफर्म बनाइदिने हो । भएका सम्भावित अवसरलाई बाहिर ल्याइदिने हो । यसरी नै विभिन्न साथीका बीचमा कोअर्डिनेसन गरिदिने हो ।
यसको आफ्नो काम व्यापार गर्ने नभएकाले यसको संरचनाले केही असर पार्दैन । यसले एनआरएन जोसँग अलिकति पैसा छ, नेपालप्रतिको माया छ, त्यसको समायोजनका लागि नेपाल आउनुपर्छ । त्यसैले एनआरएन संरचनाले नेपालमा केही गर्न, नेपालमा लगानी गर्न रोकेको छैन ।
नेपालमा लगानी भिœयाउनुपर्छ भन्ने भावना एनआरएनमा विकास भएको छ । तर, लगानी भने आउन सकेको छैन भन्न खोज्नुभएको हो ?
जुन हाम्रो एनआरएनएको आशा थियो र छ, त्योअनुसार नेपालमा लगानी आउन सकिरहेको छैन । अघि मैले भनें, एनआरएनए जब संस्था भएर जान्छ त्यो बेला हाम्रो दायित्व पनि कम भएर जान्छ ।
यदि हामीले एनआरएनएलाई संस्था भइसक्यो र संस्था बनाउने हो भने त्यो अरू अर्गनाइजेसनजस्तो कागजमा मात्र रहन्छ । अभियान भनेको भावना हो, जबसम्म कुनै पनि कुरामा भावनात्मक जोडाइ हुँदैन ।
त्यसैले म जहिले पनि एनआरएनएमा भन्ने गर्छु, एनआरएनए कागजी संस्था होइन । कागजमा त जस्तो संरचना पनि बनाउन सकिन्छ । तर, भावना नै छैन भने त्यो कागजको के अर्थ रहन्छ । यो भावनासँग जोडिएको संस्था भएकाले यसलाई भावनात्मक किसिमबाट अभियानका रूपमा अगाडि बढाउनुपर्छ ।
यसैले देशलाई समृद्ध बनाउने अभियानमा एक जना अध्यक्ष मात्र होमिएर भएन, एनआरएनएको अभियान नेपालको समृद्धिसँग जोडिएकाले यो अभियान लामो समयसम्म रहन्छ, तर मानिसको जीवन त छोटो छ । जुन मैले समृद्ध नेपालको सपना देखेको छु, त्यो मेरो जीवनमै हेर्न चाहन्छु ।
यसरी हेर्दा एनआरएनएको समृद्ध नेपाल बनाउने सपनाले एउटा बाटो लिएको देखिन्छ अनि राजनीतिक रूपमा पनि नेपालले निकास पाउने चरणमा पुगेको छ । यस्तो अवस्थामा अब एनआरएनएको सही नेतृत्व गर्नसक्ने मान्छे को देख्नुहुन्छ ?
मानिसमा केही गरौं भन्ने विचार आइसकेपछि त्यो कुरा मानिसले गर्न नसक्ने होइन । वास्तवमा त्यो विचार कसरी आएको हो, क्षणिक वा भित्रैबाट आएको हो । यदि भित्रबाट आएको हो भने सफल हुनुहुन्छ । किनभने भित्रैबाट केही गर्छु भन्नुहुन्छ भने तपार्इं त्यो कुरामा लागिरहनुहुन्छ ।
सानातिना समस्याले तपार्इंलाई असर गर्दैन । त्यसकारण तपार्इंले उपेन्द्र महतोको योगदानको कुरा गर्नुभयो, त्यो सबै मेरा साथीले दिएको अवसर हो । मेरो हैसियतमा अहिले पनि अर्को लिडर जन्मन सक्छ । एनआरएनएका लागि प्रत्येक राम्रो व्यक्ति लिडर हो ।
तर त्यो लिडरले सबैको भावना बुझेर उनीहरूको भावना ठाउँमा पु¥याइदिने हो । जब लिडर अरूको भावनासँग जुधेर आफ्नो भावना थप्न थाल्छ त्यसपछि त्यो लिडर लिडर रहँदैन । लिडरको काम तपाईंको आफ्नो कुरा र अरूको भावना बुझेर त्यो कुरालाई प्रस्ट रूपमा बोलिदिने व्यक्ति हो । व्यावहारिक रूपमा तपाईंले गर्ने काम अरूलाई भनिदिने मात्र हो ।
अहिलेको चुनाव त तपाईंले भन्नुभएजस्तो कुराबाट बाहिर गएजस्तो देखिन्छ नि ?
चुनाव भनेको प्रजातान्त्रिक अभ्यास हो । तर, साथीहरूसँग एउटा के कुरामा सहमत हुन्न भने खास गरेर एनआरएनएको अध्यक्ष चुनावको पक्षमा म छैन । भावनामा चल्ने संस्थामा भोेट गन्ने काम गर्नु हुँदैन ।
तीन जना उम्मेदवारको भावना एउटै हो भने चुनाव किन लड्ने ? तीनै जनाले एक्लै कुनै काम गर्न सक्दैनन् भने तीन जनामध्ये सहमतिमा एक जनालाई बनाउन भन्ने हो । एनआरएनए अध्यक्ष चुनावको धेरै सपोर्ट गर्ने मान्छे म होइन ।
सबैको एउटै भावना छ भने चुनाव किन लड्ने ? यसमा एक्लाएक्लै काम गर्न सकिँदैन भने तीन जनामध्ये एक जनालाई मिलेर अध्यक्ष बनाउन भन्ने हो । त्यसैले धेरै विद्वान् साथीहरू मलाई भन्नुहुन्छ— तपार्इं प्रजातान्त्रिक प्रक्रियाको विपक्षमा हुनुहुन्छ । यदि म विपक्षमा उठेको छु, मैले ६० प्रतिशत भोट पाएँ, तर सहमतिमा शतप्रतिशतले नै मलाई अध्यक्ष बनाउँछ भने ६० प्रतिशतभन्दा त १०० प्रतिशत राम्रो होइन र ? चुनाव भनेको उद्देश्य होइन, बाध्यता हो ।
एकै पक्षमा भएका साथीहरूको विचार मिलेन भने चुनाव गराइन्छ । विचार बाझ्यो भने चुनाव हुने हो । विचार बाझिएन भने चुनाव किन गर्नुपर्याे ? कुनै पनि संस्था कतिखेर फुट्ने र कमजोर हुने सम्भावना रहन्छ भने जब दुई समूह समान शक्तिमा रहन्छन् । २० र ८० पक्ष÷विपक्ष भयो भने कसैले म उठ्छु भन्यो भने त्यो उसको प्रजातान्त्रिक अधिकार हो ।
तर, ४० र ६० जस्तो विभाजन भयो भने संस्था कमजोर हुन्छ । विगत १४ वर्षमा सौहार्दपूर्ण तरिकाले नेतृत्व छनोट भएको छ । २०१७ अक्टुबरको चुनावमा पनि हामी मिलेरै जान्छौं भन्ने आशा लिएको छु ।
चुनावमा सबैलाई एक बनाएर लैजानेमा तपाईंको भूमिका चाहिँ के हुन्छ ?
म चुनाव नै त रोक्न सक्दिनँ, तर जुन उद्देश्य र भावना लिएर यो संस्थालाई अगाडि बढायौं, त्यसको उद्देश्य पूरा हुनुअघि नै हामी बीचमा धेरै झगडा र कलहमा नलागांै ।
मेरो भूमिका के रहन्छ भने जुन उद्देश्य, भावनाले यो संस्था जन्मायौं त्यसलाई पक्षपात नहुने गरी अगाडि बढौं । जसले संस्थालाई अगाडि बढाउँछ यसैलाई अगाडि बढाउँदा राम्रो हुन्छ ।
विदेशमा धेरै नेपाली छन् जो एनआरएनएमा आबद्ध हुन चाहँदैनन्, किन ?
भावनात्मक रूपमा सबैको सम्बद्धता छ । तर, धेरै कुरा झन्झटिलो हुने, चुनावका कुरा गर्ने आदिले गर्दा धेरै साथीहरूले किन सदस्य बन्ने भन्ने सोच बनाएका हुन् । म फेरि दोहो¥याउँदै छु । मेरा साथीहरू अभियानसँग जुटेका छन्, संस्थासँग नजुटेर के भयो ।