यी हुन् मुग्लिन नारायणगढ सडक खण्ड निर्माणको ठेक्का लिएर फरार ठेकेदारहरु ( भिडियो सहित ) 

काठमाडौं । निर्माणाधिन मुग्लिन नारायणगढ सडकको खण्डको कारण दुर्घटना बढेर मानिसको ज्यान गइरहेको छ भने दैनिक मानिसहरु आक्रोश पोखिरहेका छन् । रातको समयमा सडकखण्ड बन्द गरिएपछि त यात्रुहरुको विचल्ली नै भएको छ ।  २०७१ चैत ९ बाट नारायणगढ मुग्लिन सडकको स्तरोन्नतिको काम सुरु भएको थियो । विश्व बैंकको ऋण सहयोगमा सञ्चालित नेपाल भारत क्षेत्रीय व्यापार तथा यातायात आयोजनाअन्तर्गत पनि सञ्चालित नारायणगढ मुग्लिन सडकखण्ड सन २०१७ अगस्ट सम्म सक्ने लक्ष्यसाथ सडक निर्माणको जिम्मा ३ वटा कम्पनीले लिएका छन् । तर तिनै ओटा कम्पनीले काममा लापरबाही गरिदिदा दुई पटक यसको म्याद थप भैसकेको छ । र दुई पटक सम्म म्याद थपिसक्दा पनि अझैपनि समयमा काम सकिने कुनै संभावना छैन । र उनीहरु काममा ढिला गरिररहेका छन् ।

नारायणगढ मुग्लिन सडकको स्तर उन्नतीको लागि तीनओटा ठेकेदार कम्पनीहरुलाई जिम्मा दिइएको छ । तर कुनै पनि कम्पनीले आफ्नो काम राम्रोसंग काम गरेका छैनन र तिनीहरुको विवरण यसप्रकार छ ।

ठेकेदार नम्बर एक ः बीएलए एससीसी जेभी

बीएलए एससीसी कम्पनीले २ अप्रिल २०१५ मा आँपटारी देखि दासढुङ्गासम्मको सडकको स्तर उन्नतीको जिम्मा पाएको थियो । नेपाल र भारतका ठेकेदारहरुको कम्पनी बीएलए एससीसी जेभीका नेपाली ठेकेदार रोशन श्रेष्ठ हुन् । यसको लम्बाई १० दशमलव ४ किलोमिटर रहेको छ । उक्त कम्पनीसंग २ अप्रिल २०१५ मा सम्झौता भएको थियो भने २० अप्रिल २०१५ बाट काम सुरु भएको थियो । र सडक निर्माणको लागि ६० करोड ६० लाख ६३ हजार ९ सय ९२ मा उक्त कम्पनीले ठेक्का पाएको थियो । पहिलो सम्झौता अनुसार उक्त कम्पनीले २०१७ अप्रिल १९ मा काम सम्पन्न गरि सक्नुपर्ने थियो तर बिभिन्न कारणहरु देखाउँदै काम सम्पन्न हुने म्याद थपियो । सन् २०१७ अगस्ट  २५ मा निर्माण सम्पन्न गर्ने सहमती भयो र फेरी उक्त समयमा काम सम्पन्न हुने छाँटकाट नदेखिएपछि दोस्रो पटक म्याद थपियो र २०१७ नोभेम्बर २८ मा काम सम्पन्न गर्ने सम्झौता भयो । दोस्रो म्याद थपको विवरण अनुसार हालसम्म ६१ दशमलव ८० प्रतिशत काम सम्पन्न गरिने लक्ष्य थियो तर उपलब्धी भने ५० प्रतिशत मात्र भएको छ । र हालसम्म उक्त कम्पनीले २१ करोड ८१ लाख रकम खर्च गरेको छ । यो सडकमा अहिले सम्म ४ किलोमिटर पिच भएको छ भने अन्य साना स्टक्चरल कामहरु भैरहेका छन । र यो खण्डमा पहाड कटिङ्गगको काम सम्पन्न भैसकेकको छ । यतिबेलासम्ममा कम्तीमा यो कम्पनीले ६१ दशमलव ८० प्रतिशत काम गरि सक्नु पर्ने थियो तर जम्मा ५० प्रतिशत मात्रै काम गरेर जनतालाई दुख दिने काम गरिरहेको छ । र

ठेकेदार नम्बर २ ः उडहिल लामा जेभी

उडहिल लामा जेभीले दासढुङ्गा देखि सिमलताल सम्मको १० दशमलव ५ किलोमिटर सडकको स्तर उन्नतीको ठेक्का पाएको छ । उडहिल लामा जेभीमा पनि नेपाली र भारतीय ठेकेदार छन् त्यसमध्येका नेपाली ठेकेदार पिताम्बर बडु हुन् ।  यो खण्डको सडकको स्तर उन्नतीको लागि उक्त कम्पनीले ९७ करोड ६६ लाख ८१ हजार २ सय ४४ मा ठेक्का पाएको हो । र ३१ मार्च २०१५ मा सम्झौता भएको थियो भने २४ अप्रिल २०१५ बाट काम सुरु भएको हो । पहिलो सम्झौता अनुसार २३ अप्रिल २०१७ मा यसको काम सम्पन्न हुनुपर्ने थियो भने पहिलो म्याद थप अनुसार २८ अगस्ट २०१७ मा काम सम्पन्न हुनुपर्ने तर फेरी म्याद थप भएपछि काम सम्पन्न हुने सरेर २५ नोभेम्बर २०१७ मा पुगेको छ । हालसम्म बितेको समय अनुसार ८३ दशमलब ७५ प्रतिशत काम सक्नुपर्ने थियो तर उपलब्धि भने ५६ दशमलब ५० प्रतिशत मात्र भएको छ ।  र अहिलेसम्म ४२ करोड ७५ लाख रकम खर्च भएको छ । यो सडकमा अहिलेसम्म ७ सय मिटर कालोपत्रे भएको छ भने अन्य कामहरु भैरहेका छन । भने ५०० मिटर कटिङ्गको काम बाँकी छ । जस्को कारण स्थानीयहरुलाई पीडा भइरहेको छ ।

ठेकेदार नम्बर ३ ः सुप्रिम रौताहा जेभी

सुप्रिम रौताहा जेभीले सीमल ताल देखी मुग्लिन सम्म १२ दशमलव ११ किलोमिटर सडकखण्डको स्तर उन्नतीको ठेक्का पाएको छ । सुप्रिम रौताहा जेभीमा भारतीय ठेकेदार पंकज चक्रवर्ती हु्न भने नेपाली ठेकेदार धर्मराज दाहाल हुन् । उक्त कम्पनीले  १ अर्व ३० करोड ४२ लाख ६८ हजार ९ सय ७२ मा ठेक्का पाएको थियो । र  २०१५ मार्च २३ मा सम्झौता भएको थियो । र उक्त कमपनीले २०१५ अप्रिल २० बाट काम सुरु गरेको थियो ।  यो सम्झौता अनुसार २०१७ अप्रिल १९ मा काम सम्पन्न हुनुपर्ने थियो तर यसमा पनि दुई पटक सम्म म्याद थप भैसकेको छ । पहिलो समय थप भए अनुसार २०१७ सेक्टेम्वर ३ सम्ममा काम सम्पन्न हुनुपर्ने थियो भने दोस्रो पटकको समय थप अनुसार २०१७ डिसेम्वर २१ मा काम सम्पन्न हुनुपर्ने भन्ने सम्झौता भएको छ । अहिलेसम्म यो सडकमा ३६ करोड १ लाख खर्च भैसकेको छ । र अन्य साना कामहरु बाहेक ३०० मिटर पहाड कटिङ्गको काम बाँकी छ । ठेकेदार कम्पनीहरु इमान्दार नहुँदा सास्ती बढिरहेको छ ।

सबै प्याकेजका सडकको स्तर उन्नतीको लागि दुई पटक म्याद थप भइसकेकको छ । तर अझै पनि म्याद थपिएको समयमा पनि काम सम्पन्न हुने कुनै संभावना छैन । निरन्तर ठेकेदार कम्पनीहरुको लाहपरवाहीको कारण जनताले सास्ती पाइरहेका छन् ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार