काठमाडौ, – चर्चित हास्यकलाकार हरिवंश आचार्यले आफना दुई छोराका नव दुलही वुहारीको तस्बिर सार्वजनिक गरेका छन् । पहिली पत्नी मीरा आचार्यबाट जन्मिएका दुई छोराको उनले हिन्दु परम्पराअनुसार विवाह गरिदिएका हुन् ।
मीरा र उनीबाट जन्मिएका दुई छोरा त्रिलोक आचार्यले अमेरिकन निवासी जोइ लेभेस्कसँग अमेरिकामै विवाह गरेका थिए । अमेरिकामै भएको जेठो छोराको विवाहमा हरिवंश आचार्यले अमेरिकन र नेपाली दुबै परम्पराबाट विवाह गराए भने कान्छा छोरा मोहितको नेपाली संस्कार अनुसार विवाह गराइदिएका छन् ।
शनिबार कान्छा छोरा मोहित बंश आचार्यको विवाह भएपछि सोमबार तिन जोडीको फोटो भन्दै हरिवंश आचार्यले आफनो फेसबुकवालमा सपरिवारको फोटो सार्वजनिक गरेका छन् । हरिवंश आचार्यका कान्छा छोरा मोहितले काभे निवासी बिन्दु थापासँग विवाह गरेका हुन् । पहिली श्रीमती मिरा आचार्यको निधन भएपछि हरिवंश आचार्यले सातबर्ष अघि रमिला आचार्यसँग विवाह गरेका थिए ।