काठमाडौँ । यतिबेला कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा एसियन प्रिमियर लीग अर्थात् एपीएल टी–ट्वान्टी क्रिकेट प्रतियोगिता भइरहेको छ ।
विभिन्न देशका खेलाडीहरु ६ वटा क्लबबाट अहिले प्रतियोगिता खेलिरहेका छन् । यस खेलमा पुराना अन्त्र्राष्ट्रिय खेलाडीदेखि नामै नसुनेका खेलाडी पनि मैदानमा छन् ।
अचम्मको विषय त यो छ कि यो खेलको आयोजक एसियन क्रिकेट फेडेरसन नामको संस्था अस्तित्वमै छैन । अर्को आयोजक भनिएको क्रिकेट काउन्सिल अफ इण्डिया पनि क्रिकेटसम्बन्धी आधिकारिक संस्था नभइ चण्डीगढको एउटा गैरसरकारी संस्था हो । जसले लागूऔषध दुव्र्यसन तथा भ्रुण हत्याविरुद्धको कार्यक्रम सञ्चालन गर्ने गर्छ ।
अनि, एसियन क्रिकेट काउन्सिलले मात्रै खेलाउन पाउने एसियन प्रिमियर लीग जन्म नै नभएको अर्को एउटा नक्कली संस्थाले खेलाइरहेको छ ।
अझ अचम्मको विषय त ३ करोडको पनि स्पोन्सर नभएको यस खेलका लागि ३० करोड नेपाली रुपैयाँ लगानी गरिएको छ । कसरी आयो त यति धेरै पैसा ? किन भइरहेको छ यो प्रतियोगिता ? र, सट्टेबाज अर्थात् म्याच फिक्सरहरुले कसरी हालीमुहाली गरिरहेका छन् ? यस प्रतियोगितामा ? हेर्नुस्, म्याच फिक्सरले नेपालमै खेलाएको एसियन प्रिमियर लीगको नालीबेली:
भिडियो रिपोर्ट हेर्नुहोस्