१९८० मा नेपाल छोडेका मुस्ताङ्गे ठिटो सोनामको सपना – हाम्रो एयरपोर्ट पनि हंगकंगको जस्तै भईदिए हुन्थ्यो

मेरो देश सफा र हसिलो मुहारले स्वागत गर्ने बन्नेछ – सोनाम लामा

करीब करीब १९८० डिसेम्बरको जस्तो लाग्छ म पहिलो पटक यही विमानस्थलबाट परको देशको यात्रा शुरु गरेको । पहिलो पटक विदेश जाँदा त यो विमानस्थल पनि कति राम्रो, कति सफा लागेको थियो । मुस्ताङ्गबाट आएको म ठीटोलाइ ।

त्यो यात्रा तेतीखेरको रोयल नेपाल एरलाइन्सबाट नै थियो । तर हङकङ्गको एरपोर्टमा उत्रीदा पो लाग्यो एरपोर्ट भनेको यस्तो पनि हुदो रहेछ कति सफा कति व्यवस्थित । हरेक मान्छेहरुको आफ्नै आफ्नै जिम्मेवारी, म सोझो मुस्ताङ्गे ठिटाको मनमा हाम्रो पनि यस्तै एरपोर्ट भइदिए कति राम्रो हुन्थ्यो। यती सुन्दर छ देश । एक पटक आएका मान्छेले विर्सन नसक्ने । तर एरपोर्ट पुग्ने बितिकै फोहर, अव्यवस्थित, गनाउने । यस्तो देखेर विदेशीहरुले के भन्लान भन्ने मनमा रात भरी खेली रह्यो । तर आफुले गर्न सक्ने होइन भनेर मनलाई चित्त बुझाए ।

यही एरपोर्टबाट गएका म जस्ता कति नेपालीहरुले विश्वमा नाम, दाम कमाएका छन । हेर्नुसन हाम्रा उपाध्यक्ष भवनजीलाइ उनले जापानमा पहिलो काम नै भाडाँ माझेका हुन । आज उनी त्यहाँको एउटा प्रतिष्ठित व्यापारी छन । हजारौलाइ रोजगारी दिएका छन । तरपनि नेपालमा नै गर्नु पर्छ नेपाल हाम्रो आमा हो भनेर लागी परेका छन ।

यही होइन र आफ्नो देशको माया , उहाँ त एउटा पचासौ लाख युवा एन आर एन का पात्र मात्र हुन । हामी एन आर एन हरु हाम्रो देश कसैको भन्दा कम हुनु हुन्न भनेर प्रयास गरी रहेका छौ । तर हाम्रो केही लाग्दैन तेतिञ्जेल सम्म जब सम्म तपाइ मेरो देशको सरकारी कर्मचारी, उद्योगी, व्यवसायी, राजनितिज्ञहरु हामीलाइ पनि साथ लिनु हुन्न ।

हामी पनि यही जमीनमा तपाइहरु जस्तै जन्मेका हौ । माया छ देशको सकेजति कोशिस गरि रहेका छौ । यहाँहरुको साथ नपाए हाम्रो केहि लाग्दैन । यहाँहरुको होस्टेमा हैसे मात्र हो हाम्रो । हामी त अभागी हौ यहाँहरु जस्तो आफ्नै आमाको काखमा टिक्न सकेनौ । आजको यो एरपोर्ट सफाइ अभियानको एउटा सहभागी बन्न पाएकोमा । मलाइ मेरो त्यो १९८० को पहिलो यात्राको सम्झना गराइ रहेको छ । समय सोच परिवर्तन भई सकेको छ । मन त मनै हो नि तेही एउटा मुस्ताङ्गे ठिटोको मलाइ विश्वास छ मेरो देश, मेरो एरपोर्ट, विश्वको आधुनिकताले भरीएको नभएपनि सफा हसिलो मुहारहरुले स्वागत गर्ने बन्ने छ । जय मेरो देश । सोनाम लामा

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार