अतिथि देवो भवः भन्दै एनआरनले सुरु गर्यो त्रिभुवन विमानस्थल सफाई

नेपालको एकमात्र विमानस्थल फोहोर र अव्यवस्थीत भइरहेको भन्दै गुनासो आइरहेको बेला गैरआवसीय नेपाली संघ (एनआरएनए) ले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको सरसफाइ सुरु गरेको छ । गैर आवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद् र त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल व्यवस्थापनको संयुक्त आयोजनामा अन्तर्राष्ट्रिय विमानस्थलको आधुनिक र गुणस्तरीय सरसफाई अभियान सुरु भएको हो ।

विमानस्थल सरसफाइ गर्ने विषयमा एनआरएनए अन्तराष्ट्रिय समन्वय परिषद्का उपाध्यक्ष भवन भट्ट तथा विमानस्थलका महाप्रवन्धक देवानन्द उपाध्यायबीच सम्झौता भएको थियो । सम्झौता अनुसार विमानस्थलको टर्मिनल गैरआवसीय नेपाी संघको नेतृत्वमा थप आधुनिक तथा अन्तराष्ट्रिय स्तरको बनाइनेछ ।

देशको एकमात्र अन्तर्राष्ट्रिय बिमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलको आधुनिक गुणस्तरिय सरसफाई गरि पर्यटकहरुको नेपाल आगमनलाई आनन्दमय वनाउने उदेश्यसहित ‘अतिथि देवो भवः’ अभियान अन्तर्गत २०७४ असार १५ गते बिहिबारबाट सरसफाई अभियान सुरु गरिएको हो । अभियान पहिलो चरणमा एक महिनासम्म संचालन हुने छ ।

कार्यक्रममा सरसफाई सामग्रि तथा प्रविधिहरुसमेत हस्तान्तरण गरिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलको सरसफाई कार्यक्रमको समुद्धाटन समारोह कार्यक्रममा बोल्दै गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का उपाध्यक्ष तथा नेपाल पर्यटन प्रर्बद्धन समितिका अध्यक्ष भबन भट्टले नेपालको प्रवेशद्वार नै विमानस्थल भएकोले यसको सरसफाई सवैको जिम्मेवारी भित्रपर्ने बताए ।

‘विमानस्थल सानो भएपनि सरसफाई गर्न सकिने भएकोले विगतमा भइरहेका सरसफाईलाई प्रविधिमैत्री बनाउन पनि हामीले सहयोग गर्न लागेका हौं’ भट्टले भने । बिहिबारबाट सुरु भएको यो कार्यक्रम अब निरन्तर रुपमा चल्ने र विमानस्थललाई पर्यटनमैत्री बनाउने भट्टले घोषणा गरे ।
कार्यक्रममा बोल्दै नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जिव गौतमले कामको सुरुवात हुनु सकारात्मक भएको तर यसले निरन्तरता पाउनुपर्नेमा जोड दिए ।

‘विमानस्थल सरसफाई भनेको निरन्तर प्रक्रियो यसमा गैर आवसीय नेपालीको सहयोग पाउनु खुसीको कुरो हो,’ गौतमले भने । कार्यक्रममा बोल्दै विमानस्थल कार्यलयका महाप्रवन्धक देवानन्द उपाध्यायले ५० लाख रुपैयाँभन्दा बढी नेपालीहरु आवद्ध भएको संस्थासंग सहकार्य गर्न पाउनु खुसीको कुरा भएको बताए ।

कार्यक्रमा बोल्दै नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दिपकराज जोशीले पर्यटक अगान गर्ने मुख्यद्वार पहिले सफा हुुनुपर्नेमा जोड दिए ।
एनआरएनएले विमानस्थलको सरसफाईमा खटिनेहरुलाई तालिम संचालन गर्ने छ । मजदुरहरुलाई सहयोग गर्न एनआरएनएका ३५ जना स्वयम सेवक समेत १ महिनासम्म खट्ने छन । जसमा सरसफाई गर्दा केमिकलको प्रयोग गर्ने तरिका, सररफाईमा आधुनिक उपकारण हस्तान्तरण समेत गर्दै जाने कार्यक्रम एनआरएनएको छ ।

विमानस्थलका भवनहरु सरसरफाई मैत्री नभएपनि सरसफाईमा विशेष जोड दिने खेम क्लिनिङ सर्भिसका संचालक खेम शर्माले बताए । हाल विमानस्थलमा इनभेटिभ एन्ड एचआर सोलुसन प्रालिले विमानस्थल सरसफाईको जिम्मा लिएको छ । खेम शर्मा सहितको टोलीले सोलुसनलाई सहयोग गर्नेगरी एनआरएनएले जिम्मा लगाएको छ । जसमा सम्पूर्ण खर्च एनआरएनएले व्योहोर्ने छ ।

मेरो देश सफा र हसिलो मुहारले स्वागत गर्ने बन्नेछ – सोनाम लामा

करीब करीब १९८० डिसेम्बरको जस्तो लाग्छ म पहिलो पटक यही विमानस्थलबाट परको देशको यात्रा शुरु गरेको । पहिलो पटक विदेश जाँदा त यो विमानस्थल पनि कति राम्रो, कति सफा लागेको थियो । मुस्ताङ्गबाट आएको म ठीटोलाइ ।

त्यो यात्रा तेतीखेरको रोयल नेपाल एरलाइन्सबाट नै थियो । तर हङकङ्गको एरपोर्टमा उत्रीदा पो लाग्यो एरपोर्ट भनेको यस्तो पनि हुदो रहेछ कति सफा कति व्यवस्थित । हरेक मान्छेहरुको आफ्नै आफ्नै जिम्मेवारी, म सोझो मुस्ताङ्गे ठिटाको मनमा हाम्रो पनि यस्तै एरपोर्ट भइदिए कति राम्रो हुन्थ्यो। यती सुन्दर छ देश । एक पटक आएका मान्छेले विर्सन नसक्ने । तर एरपोर्ट पुग्ने बितिकै फोहर, अव्यवस्थित, गनाउने । यस्तो देखेर विदेशीहरुले के भन्लान भन्ने मनमा रात भरी खेली रह्यो । तर आफुले गर्न सक्ने होइन भनेर मनलाई चित्त बुझाए ।

यही एरपोर्टबाट गएका म जस्ता कति नेपालीहरुले विश्वमा नाम, दाम कमाएका छन । हेर्नुसन हाम्रा उपाध्यक्ष भवनजीलाइ उनले जापानमा पहिलो काम नै भाडाँ माझेका हुन । आज उनी त्यहाँको एउटा प्रतिष्ठित व्यापारी छन । हजारौलाइ रोजगारी दिएका छन । तरपनि नेपालमा नै गर्नु पर्छ नेपाल हाम्रो आमा हो भनेर लागी परेका छन । यही होइन र आफ्नो देशको माया , उहाँ त एउटा पचासौ लाख युवा एन आर एन का पात्र मात्र हुन । हामी एन आर एन हरु हाम्रो देश कसैको भन्दा कम हुनु हुन्न भनेर प्रयास गरी रहेका छौ । तर हाम्रो केही लाग्दैन तेतिञ्जेल सम्म जब सम्म तपाइ मेरो देशको सरकारी कर्मचारी, उद्योगी, व्यवसायी, राजनितिज्ञहरु हामीलाइ पनि साथ लिनु हुन्न ।

हामी पनि यही जमीनमा तपाइहरु जस्तै जन्मेका हौ । माया छ देशको सकेजति कोशिस गरि रहेका छौ । यहाँहरुको साथ नपाए हाम्रो केहि लाग्दैन । यहाँहरुको होस्टेमा हैसे मात्र हो हाम्रो । हामी त अभागी हौ यहाँहरु जस्तो आफ्नै आमाको काखमा टिक्न सकेनौ । आजको यो एरपोर्ट सफाइ अभियानको एउटा सहभागी बन्न पाएकोमा । मलाइ मेरो त्यो १९८० को पहिलो यात्राको सम्झना गराइ रहेको छ । समय सोच परिवर्तन भई सकेको छ । मन त मनै हो नि तेही एउटा मुस्ताङ्गे ठिटोको मलाइ विश्वास छ मेरो देश, मेरो एरपोर्ट, विश्वको आधुनिकताले भरीएको नभएपनि सफा हसिलो मुहारहरुले स्वागत गर्ने बन्ने छ । जय मेरो देश । सोनाम लामा

#khasokhas

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार