बिउको मुठा फुत्त फाल्दा हिलो छेपिएछ , खेतको ढुङ्गा पन्छाऊँदा हातै चेपिएछ

बिउको मुठा फुत्त फाल्दा हिलो छेपिएछ , खेतको ढुङ्गा पन्छाऊँदा हातै चेपिएछ !
  •  यादव देवकोटा

नेपालीहरुका लागि असार १५ एउटा पर्व सरहनै हुन्छ । यसपाली मनसुनी वर्षा मनग्य वर्षन थालेकोले खेतका गह्राहरुमा पानी पुगेको छ । जताततै रोपाइँको चटारो छ । बाउसेहरु बाउसे गर्दैछन् । रोपाहारहरु छुपु(छुप धान रोप्दैछन् । सहरका छेउ छाउ तिरका खेतमा होस् या गाउँ तिरका खोला छेउका फोक्टाहरुमा यात भनौ तराइका ठुला ठुला फाँटहरुमा जताततै असारे चटारो छ आजभोलि ।

मानो रोपेर मुरी फलाउने दिनको रुपमा लिइएको आज धान रोप्नका लागि उपयुक्त मौसम सुरु भएको दिन मानिन्छ । आजको दिन दही चिउरा खाँदै खेतमा गएर रमाइलो गर्दै मुलुकभर असार १५ मनाउने गरिन्छ । आजका दिनमा रोपाइँ गरी दहि र चिउरा खानाले शरीरमा स्फूर्ति उत्पन्न हुने जनविश्वास रहेको छ । असारको पन्ध्र दहीचिउरा खानू,साउनको पन्ध्र खीर भन्ने त उखानै छ नि। अनि सुनाउनु (यो पुराना असार १५ का भाकाहरु सबैलाई। आज देशै भर असार १५ उल्लासका साथ् मनाइदै छ । यसलाई पर्बकै रुपमा हेरिय पनि असार १५ कृषक हरुका लाइ अत्यन्तै महत्वपुर्ण दिनको रुपमा हेरिन्छ । यदि आजको दिन बाट असर महिनै भरि मेहनत गरिएन भने धरै नेपालीको चुल्होमा आगो बल्दैन ।

 

हुनत यहि बिचमा सरकारले २०६१ देखी हरेक वर्षको आजकै दिन अर्थात असार १५ लाई राष्ट्रिय धान दिवसको रुपमा मनाउदै आएको छ । नेपालको कुलखेतीयोग्य जमिनमध्ये आधाभन्दा बढी जमिनमा धानखेती हुने गरेको छ । धानखेती हुने १५ लाख ३९ हजार ४ सय ९३ हेक्टर जमिन छ ।

हामी नेपालीहरु पश्चिमबाट आयात गरिएका भ्यालेन्टाइन डे, क्रिसमस मनाउँछौँ। असार १५ त हाम्रै पर्व। खेत र हिलो छैन भने आफ्नो टाउकोमा हिलो र पानी खन्याएर भए पनि आज असार १५ मनाउनु पर्छ । असारको समयमा किसान अति व्यस्त हुने र खेतको पानी सकिएमा वर्ष्दिन खाने बाली लगाउन नपाइने हुँदा धानको बीउ रोप्नेजस्तो व्यस्त समयमा घरमा मानिस मरे पनि घुमले छोपेर काममा जानुपर्छ भन्ने किंवदन्ती छ।

बोलीचालीको भाषामा आफ्नो व्यस्तता दर्शाउन पनि ‘मलाई अहिले असारको पन्ध छ’ बह्नेर भन्ने गरिन्छ।रोपाइँ गर्दा आफ्ना दुःख, पीर तथा जीवनका घटनालाई गीतका रूपमा असारे गीत गाउने पनि गरिन्छ। यसले कृषक हरुलाई झनै आनन्द थप्छ ।

आजको दिन रोपाईं गरी दही चिउरा खानाले गति परिने विश्वासअनुरूप आफ्नो खेतीपाती नहुनेहरू पनि अरूको खेतमा रोपाईं गरी हिलो छ्यापेर रमाइलो गरी दही चिउरा खान पछि पर्दैनन् । दोहोरी रोपाईं गीतको रन्कोमा रोपाईं गर्नु असारको अर्को आकर्षण हो ।

असारको पहिलो सातादेखि मनसुन सुरू भएपछि असार १५ सम्म खेत गर्हामा लाठे र रोपारहरू असारे गीतको भाकासँगै रोपाईंमा व्यस्त हुन्छन् । असार १५ सम्म लाठे र बाउसेहरूलाई आली जोर्ने र मेलो बनाउन चटारो छ भने कोरी वाटी चिटिक्क परेर मेलामा झरेका रोपारहरू कोही ब्याडमा बीउ काट्ने, कोही पखाल्ने र कोही मेलो पैट्याउने तर्खरमा जुटेका हुन्छन् । राष्ट्रको कुल गार्हस्थ उत्पादनमा ३८ देखि ४० प्रतिशतसम्म योगदान रहेको कृषि क्षेत्रमा असारको रोपाईंले ठूलो राख्छ ।

कृषि प्रधान देश नेपालमा प्रमुख खाद्यान्न धान बालीको उत्पादनमा हुने घटबढले अर्थतन्त्रमा समेत त्यसै अनुसार प्रभाव पार्ने भएकाले रोपाईंको ठूलो महत्व छ । सामान्यतया नेपालमा जुन १० अर्थात् जेठको अन्तिम सातादेखि मनसुन सुरू हुन्छ । देशमा कुल धान खेतीको करिब २१ प्रतिशत क्षेत्रफलमा मात्र सिंचाई सुविधा उपलब्ध भएकाले बाँकी क्षेत्र मनसुन मै भर पर्नुपर्ने स्थिति छ । त्यसैले मानो रोपेर मुरी फलाउने यो समयमा कृषकहरू आफ्ना अन्य काम छाडेर भएपनि असारे भेल छोपी धानबाली लगाउन व्यस्त हुन्छन् ।

असार महिनाभित्रै रोपाईं गर्न नपाइएमा धान पाक्ने संभावना कम हुनाले पनि रोपाईंमा व्यस्त हुनुपरेको हो । साता पन्ध्र दिन काम गरेर वर्षभर खाने बाली लगाउन कामको मिचो भएकाले वास्तवमा सबै कृषकका लागि असारको पन्ध्र महत्वको हुन्छ । लासलाई एकछिन घुमले छोपेर भएपनि असारे भेल छोप्नु पर्दछ भन्ने बुढापाकाको भनाइले पनि यसको महत्व दर्शाउँछ । त्यस्तै ’असारमा डुल्ने पजनीमा भुल्ने’ अर्थात् असारमा काम गर्ने बेलामा त्यसै डुल्ने र सरकारको काम इमान्दारीपूर्वक नगरी पदोन्नति अर्थात् पजनीमा नपर्ने व्यक्तिले गरिखाँदैन भन्ने बुढापाकाको अर्को उखानले पनि असारको महत्वलाई पुष्टी गर्छ ।

रोपाईं कार्य मुलुकको सामाजिक, धार्मिक र सांस्कृतिक पक्षसँग पनि निकटरूपमा जोडिएको छ । रोपाईंको पहिलो दिन देवतालाई बीउ चढाई परिपूर्ण, भरिपूर्णका लागि अन्नपूर्णको आराधना गरी रोपाईंको सुरुवात गरिन्छ । रोपाईंमा धेरै खेतालाको आवश्यक पर्ने भएकाले गाउँघरमा पालैपालो पर्मद्वारा रोपाईं गरिने भएकाले यस्ले सामाजिक एकता र सद्भाव बढाउन पनि ठूलो टेवा र्पुयाउँदै आएको छ । कतैकतै ठूला खेती भएकाले रोपाईं गर्दा बेठी लगाउने अर्थात् पञ्चेबाजा बजाई नाचगान गर्ने, भोज खुवाउने तथा खेतालाहरूलाई मसला र रूमाल बाँड्ने पनि प्रचलन छ । एक आँकडाअनुसार धान खेतीको करिब ६० प्रतिशत क्षेत्र अझै आकाशे पानीमै निर्भर हुनुपर्ने बाध्यता छ । पानी धेरै नपर्ने स्थानमा एकप्रकारको घैया धान लगाउन सकिन्छ, तर वर्षे धान भन्दा यस्को उत्पादन भने कम हुन्छ ।

नेपालमा ८५ प्रतिशत मनसुन जुनदेखि सेप्टेम्बरसम्ममा र १० प्रतिशत हिउँदमा हुने गरेको छ। नेपालमा समुद्री सतह भन्दा ७० मीटर उचाईमा रहेको झापाको केचनादेखि २ हजार ७८० मीटर उचाइमा रहेको जुम्लाको छुमचौरसम्म धानखेती गरिंदै आएको छ । जुम्लामा लगाइने धानखेतीलाई विश्वकै सबैभन्दा उच्च स्थानमा धानखेती भएको मानिन्छ । पहिला पहिला मार्सी, तौली, थापचिनिया, वासमती खट्टेखानी आदि जातका धानखेती गरिन्थ्यो भने हाल ताईचुङ्ग, विन्देश्वरी, खुमल, मन्सुली, राधा चार आदि विकासे जातका धान लगाइन थालेको छ । एक आँकडाअनुसार धान खेतीको ७९ प्रतिशत क्षेत्रफल विकासे जातका धानखेतीले ओगटेको बताइन्छ । धान रोपाईं गर्ने बेलामा बेर्ना नडुब्ने गरी खेतमा दुईरतीन से।मी। पानी जम्ने गरी तयार गरिए पनि बेर्ना बढ्दै गएपछि नपसाउन्जेलसम्म पाँचदेखि १० से।मी। पानी हुनु उपयुक्त हुन्छ ।

असर १५ लाइ पर्वको रुपमा भन्दा पनि यसलाई कृषि उपार्जनका लागि महत्वपुर्ण दिनको रुपमा लिगौं र बाँझा रहेका खेतबारीलाई उपयोगमा लेराउन आजको डन बाट सबै हामि कृषकहरु लागि परौं र आफ्नै देशको उत्पादनमा भर परौं ।

गाउँमा टन्नै खेत छ तर यहाँ रहर भो
रमाइलो त आफ्नै गाउँ, बिरानो त शहर भो।
खाजा खाने बेला भो सेल रोटि र अचार
हिलो खेल्छु तिमि सँग के छ तिम्रो बिचार ?

बाउसेले डल्ला फोरे खेतको वरिपरी,
रोपाहारले फरिया स्यार्छन घुडै देख्ने गरी !
धानको मुठा हुर्याएर हिलो गालै भरी,
असार १५ आइरहोस खेतमा घरि घरि !!

बिउको मुठा फुत्त फाल्दा हिलो छेपिएछ
खेतको ढुङ्गा पन्छाउदा हातै चेपिएछ
चार हल गोरु हली दाइ , दर्जन रोपार
गैरी गर्हो लाइ बिउ पुग्यो यतै थुपार !

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार