साहसी प्रहरी हिरो हवल्दार राना – मतदान केन्द्रलाई बिष्फोटबाट बचाए

मतदान केन्द्रलाई बिष्फोटबाट बचाउने प्रहरीको सर्वत्र प्रशंसा

दाङ । मतदान केन्द्र भन्दा बम बाहिर फालिदिए पछि दाङमा एक प्रहरी हवल्दारले भूँइमा नखस्दै जनताको अमूल्य मत बच्नुका साथै सुरक्षित पनि छन् । मतदान केन्द्रलाई लक्षित गरी अज्ञात समूहले फालेका बम सुन्दा अचम्म लाग्ने गरी साहस प्रहरी हवल्दार गोरेबहादुर रानाले समातेर मतदान केन्द्र बाहिर फालेका हुन् ।

दाङको तुलसीपुर ३ अम्बास मतदान केन्द्रको बुथ सुरक्षामा रहेका रानाले आफ्नो ज्यानको प्रवाह नगरी बुथको सुरक्षा गरेका पनि छन् । अज्ञात समूहले फालेको सो बम हवल्दारले समातेर फालेको २ सेकेण्डमै पड्कीएको थियो । त्यसैले उनले समातेर मतदान केन्द्रभन्दा बाहिर फालेकाले बम पड्किए पनि कुनै क्षति हुन नभएको हो ।

मतदान केन्द्रलाई लक्षित गरी अज्ञात समूहले फालेको बम रानाले भूँइमा खस्न नपाउँदै मतदान केन्द्रभन्दा बाहिर फाल्न सफल भएका छन् । हवल्दार रानाले बम समातेर मतदान केन्द्र भन्दा बाहिर नफालेको भए मतदान स्थलमा ठुलो क्षति पुग्ने बताईएकोे छ । त्यसैले उनको साहसले कुनै क्षति नभएको अन्य प्रहरीको भनाइ छ । हवल्दार रानाले ठूलो साहसका साथ बुथमा फालिएको बमलाई हातले समातेर फालेर बुथ र मतदातालाई सुरक्षित राख्न सफल भएका छन् ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार