साउदी। कंचनपुर पुनर्बास नगरपालिका ६ का ज्ञानेन्द्र बहादुर राउत लाई आफ्नै दाजुले साउदीमा लगेर अलपत्र परेछी उद्धार गरी नेपाल फ़र्काइदिनहुन गुहार गरेका छन्।
आफ्नै ठुलोबुवा छोरा देबेन्द्र राउतले बर्गर किङ्ग कम्पनीमा दैनिक ८ घण्टा काम को करार गरी साउदी पठाएपनि काम अरु नै ठाउमा गर्नुपर्ने दैनिक १५-१६ घण्टा काम गर्नुपर्ने र खाना र बस्नको पनि व्यवस्था नभएको एक भिडियो सार्बजनिक गर्दै बचाउको अपिल गरेका छन्। खाना, बस्न , सुत्ने कुनै पनि व्यवस्था नभएको र फ्री भिसा हुन पनि आफुले लाखौ तिरेकोले आफ्नै दाजुले आफुलाई दलाली गरेर बेचेको आरोप लगाउदै साउदी पुगेपछि मात्रै आफुहरु दलालहरुको चुन्गलमा फसेको थाहा भएको बताएका छन्। आफु निकै बिरामी भएको र काम गर्न सक्ने अवस्था नभएकोले सकेसम्म चाडो आफ्नो उद्धार गरी नेपालमा आफ्ना परिवारसम्म पुर्याईदिनहुन अनुरोध गरेका छन्।