झापामा भोट खसाल्नलाइनमा बसेका एक बृद्धको मृत्यु भएको छ । झापामा सरस्वती मा.वि मतदान केन्द्रमा मतदान गर्नका लागि लाइनमा बसेका ८१ बर्षिय नरेन्द्र भण्डारीको मृत्यु भएको छ । झापा दमक नगरपालीका १४ निवासी भण्डारी बिमारी अवस्थामा मतदानका लागि पुगेका थिए । भण्डारीको केहि बेर अघि मृत्यु भएको झापाका प्रहरी प्रमुख एसपी शैलेश थापाले जानकारी दिए ।
त्यसैगरी पाल्पाको बगनासकाली गाउँपालिका वडा नं. ६ का एक वृद्धको मतदानमा लाइन लागेकै अवस्थामा आज निधन भएको छ ।
दमका रोगी ८४ वर्षीय पूर्णचन्द्र भट्टराईको याम्घा मतदान केन्द्रमा मत दिन लाइनमा बसिरहेका बेला निधन भएको हो ।