तिनठाउमा बम फेला – सेनाद्वारा निस्क्रिय

दाङ । गएराति ९ बजेतिर तुलसीपुर उपमहानगरपालिकामा काग्रेसको तर्फबाट मेयर पदका उम्मेदवार गेहेन्द्र गिरीको घरमा राखिएको सुतली वमलाई नेपाली सेनाको वम डिष्पोजल टोलीले निष्कृय पारेको तुलसीपुर स्थीत नेपाली सेनाको १९ नम्वर वाहिनी तुलसीपुरले जनाएको छ ।

 (filephoto)

विपीचोक र समिक्षालय नजिक फेला परेको सुतली वमलाई पनि सेनाले गएराति नै निष्कृय पारेको छ । असार १४ गतेको निर्वाचनलाई प्रभाव पार्ने उदेश्यले वम राखेको हुन सक्ने सुरक्षा निकायले आशंका गरेको छ । यसैबीच स्थानीय तहको दोस्रो निर्वाचनलाई अवरोध गर्ने उदेश्यले नेपाल कम्यूष्टि पार्टीले आह्वान गरेको १ दिने वन्दको प्रभाव आज मंगलवार दाङमा परेको छ ।

वन्दका कारण लामो तथा छोटो दुरीका सवारी साधन सञ्चालनमा आउन सकेका छैनन् भने वजार छिटपुट खुलेका छन् ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार