भाषा कै कुरा गर्ने हो भने बंगाली भासा बंगलादेशमा पनि बोलिन्छ, पश्चिम बंगालमा पनि बोलिन्छ । पश्चिम बङ्गालका हिन्दुले पनि बंगाली बोल्छन, र बंगलादेशका मुस्लिमले पनि बंगाली बोल्छन, । त्यशैले भासा एउटा देश र एउटा समुदायको मात्र हुन् सक्दैन । इंगलिस बेलायत बाहेक युरोपका अरु देशमा बोलिन्न तर अमेरिकामा बोलिन्छ । स्पेनिस भासा स्पेन बाहेकका केहि देशमा पनि राष्टिय भासाको रुपमा प्रयोग गरिन्छ । अरबिक भासा अरब देश बाहेकका देशमा पनि राष्टिय भासाको रुपमा प्रयोग गरिन्छ । दक्षिण अफ्रिकामा अंग्रेजी बोलिन्छ।
भासाको प्रयोग देश बन्नु भन्दा धेरै पहिले देखि भएको हुनाले बिभिन्न देसमा अलग अलग खालका भासा स्थापित भएका हुन् । भाषाको स्थापना कुन भासा बोल्ने राजाले सासन गर्छन त्यसमा पनि भर पर्दछ । अर्को कुरा दार्जलिङ्ग मात्र होइन, भुट्टान र बर्मा सम्म नेपालीहरु पुगेका थिए । पृथिबी नारायण साहले नेपाल एकीकरण गर्दा बर्माको सिमाना रक्षा गर्न, रेख देख र बसोबास गर्न केहि नेपाली पठाएर जिम्मा लगाएका थिए । ति नेपालीले अहिले पनि यो कुरा सुनाउने गरेका छन् । त्यो बेला देखि नै बर्मा सिक्किम र भुट्टान सम्म नेपालीहरु फैलिएका थिए।
नेपाली, भासा, साहित्त्य र गीत संगीतमा दार्जेलिङ्ग बासीको ठुलो योगदान छ । नेपालको राष्टिय पोसाक दौरा सुरुवाल र टोपी नेपालमा प्रधानमन्त्रीले समेत लगाउन छाडी सके, तर गर्ब लाग्छ दार्जलिङ्ग बासीले दौरा सुरुवाल र ढाका टोपी लगाएको देख्दा । गर्ब लाग्छ हाम्रो पहिचानलाइ त्याँहा जिबन्त राखेको देख्दा । त्यशैले दार्जलिङ्ग भारतको होइन, नेपाली बोल्ने नेपाली जातकै मानिसको बसोबास भएको ठाउ हो ।
पछि अंग्रेजले नेपाल बाट खोसेर भारतमा छोडेर गयो । नेपाली सासकले फिर्ता लिन सकेनन, कुरा त्यत्ति हो । अहिले पनि हाम्रो गाउ ठाउको र सिक्किमको नेपालीको बोलि चाली लबज ठ्याक्कै मिल्छ । बरु सुदुर पश्चिमका नेपालीले बोल्ने नेपाली भासा बुझ्न सकिन्न । गर्या हुन् , गया छम, भन्या छम सुदुर पश्चिमको नेपाली भासा बुझ्न अलि गाह्रो छ, तर पनि नेपाली भाषाको उत्पत्ति हुम्ला जुम्लालाई मानिन्छ।
भासा र जातियताको कुनै सिमा हुदैन, किनकि देश देशको सिमा छुटिन्नु भन्दा पहिले जात धर्म सम्प्रदाय फैली सकेको थियो । जीविकोपार्जनका लागि अवसरको खोजीमा कुन जाति कता कता पुग्यो छुट्याउन गारो छ । दार्जलिङ्गका नेपाली र झापाका नेपाली उस्तै हुन्, तर अंग्रेजले हामीलाई अलग गरेको मात्र हो । दार्जेलिङ्ग सिक्किम मात्र होइन, आधा भारत नेपाल हुने थियो एदी भारतमा अंग्रेज मात्र न आइदिएको भए। भारत त्यो बेला कुनै देश थिएन, बेलायतको धेरै उपनिबेसहरु मध्य एउटा उपनिबेस थियो, भारतको देशको हैसियतले कुनै नाम थिएन ।
पहिलेको इस्ट इन्डिया कम्पनि नै अहिलेको बिशाल भारत हो । इस्ट इन्डिया कम्पनि बाट पुर्बी पाकिस्थान र पश्चिम पाकिस्थान भारत स्वत्रन्त्र हुनु भन्दा एकदिन अगाडी छुट्टीएको थियो । पछि १९७२ तिर पाकिस्थान बाट छुट्टीएर पुर्बी पाकिस्थान अहिलेको बंगलादेश बनेको हो, इतिहास र बास्तबिकता यहि हो । भारतमा रहेका गोर्खालीलाइ गोर्खाल्याण्ड माग्ने पुरा अधिकार छ, किनकि उनीहरु जँहा भए पनि गोर्खालीका सन्तानहरु हुन् । जसरि पुर्खौली सम्पतिमा सन्तानको अधिकार रहन्छ, त्यशै गरि पुर्खौली भासामा पनि सन्तानको अधिकार रहन्छ।
दार्जेलिङ्ग न नेपाल हो, न भारत हो । दार्जेलिङ्ग दार्जेलिङ्ग नै हो । अंग्रेजले गर्दा दार्जेलिङ्गमा भारतले सासन गर्ने अवसर वा सौभाग्य पायो, नत्र नेपाली भासी बसेका हुनाले नेपालले पाउने थियो, कुरा त्यत्ति हो । तराइका नेपालीलाइ अधिकार मागिदिने भारतले आफ्नो देशमा दार्जेलिङ्ग बासीलाई किन अधिकार दिन सक्दैन ? यो भने बुझी नसक्नु छ ।
भारतीय कला साहित्त्य र सेनामा दार्जलिङ्ग बासी गोर्खालीको कति योगदान छ त्यो चर्चाको बिषय होइन । पश्चिम बङ्गालमा बोलिने बंगाली भासा नेपाली भासा बोलिने दार्जलिङ्गमा थोपरिदा त्यहाका जनता प्रति ठुलो अन्याय भएको छ । त्यशैले यो समस्याको समाधान भारतीय केन्द्रिय सरखारले नै निकाल्नु पर्छ । एदी भारतमा तेलंगाना बन्न सक्छ भने गोर्खाल्याण्ड किन बन्न सक्दैन ? जनमतकै कुरा गर्ने हो भने त, एदी जनमत संग्रह गरेर दार्जेलिङ्ग नेपालमा मिसिने कि ? स्वत्रन्त्र रहने कि ? भारतमै रहने ? भनेर दार्जेलिङ्ग बासीलाई सोधौ अनि जनमतको कदर गरौ । यत्ति गर्न नसक्ने भारतले दार्जलिङ्ग भारतमै दिगो तरिकाले राख्ने हो भने गोर्खाल्याण्ड दिनुको बिकल्प छैन ।