नयाँ दिल्ली ।
जनकपुर घर भई सडक दुर्घटनामा शक्त घाइते भएर नयाँ दिल्लीमा औषधी उपचार गरिरहेका उपेन्द्र राय लाई एनआरएनए नाइजेरियाले अमेरिकी डलर पाँच सय नगद सहयोग प्रदान गरेको छ । राय केही बर्ष अघिसम्म नाइजेरियाको लेगोसमा कार्यरत थिए । उनी एनआरएनए नाइजेरियाका सदस्य थिए । जनकपुरमा रहदा सडक दुर्घटनामा परी घाईते भएपछि दिल्ली लगिएकाे थियाे । संघका अन्तरास्ट्रिय समितीका सदस्य चिरन्जिबी रोका र पूर्व अन्तर्राष्ट्रिय समितिका सदस्य सन्जीब क्षेत्रीले उक्त रकम संघको तर्फ बाट हस्तान्तरण गरेकाे एनआरएनए केन्द्रीय कोषाध्यक्ष हिक्मत थापाले जानकारी दिए ।
Read more at: http://radionepal.gov.np/news-details/2505/2017-06-27#.WVJ9hKXNo6g.facebook
Follow us: @radionepal on Twitter | @radionepal on Facebook