प्रताप लामा र निर्णायक बिच भनाभन – किन देखाईएन टेलिभिजनमा ?

काठमाडौं – नेपाली तारा सिजन ३ विजेता प्रताप लामा नेपाल आइडलको टप १८ बाट बहिरिएपछि पहिलोपटक मिडियामा बोलेका छन् । धेरैले नेपाल आइडलमा प्रताप लामाले उपाधि जित्न सक्छन् भनेर दाबी गरिरहँदा उनी प्रतियोगिताबाट बाहिरिएपछि उनका प्रशंसक निराश भएका छन् ।

नेपाल आइडलबाट बाहिरिएपछि उनले नेपाल आइडलमा आफूले प्राप्त गरेको भोट कति थियो भन्ने थाहा नपाई बाहिरिनु पर्दा दुख लागेको बताएका छन् । पुरस्कारको लोभले नेपाल आइडलमा गएको भन्ने आरोप पनि प्रतापले ठाडै अस्वीकार गरेका छन् । यसको जवाफस्वरुप उनले भिडियो अन्तर्वार्तामा भनेका छन्, ‘म गरिब छु । सामान्य खान्छु । सामान्य लाउछु अनि आफ्नो थोत्रो स्कुटरमा चढ्छु । तर म लोभी होइन । म आफ्नो कला देखाउन नेपाल आइडलमा गएको हुँ ।’  हेर्नुहोस् प्रताप लामाको भिडियो अन्तर्वार्ता जहाँ नेपाल आइडलका निर्णायक र त्यस भित्रका धेरै कुराको खुलासा गरेका छन् ।

 

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार