भारतको दार्जिलिङ राज्यमा केही दिन अघीबाट शुरु भएको गोर्खा ल्याण्ड आन्दोलन र सो आन्दोलन दबाउन पश्चिम बंगाल सरकारले गरेको धरपकट, हत्याको बिरोधमा र यही हप्ता पश्चिम बंगल सरकार प्रमुख याने मुख्य मन्त्री शुश्री ममता ब्यानरजी यहाँ नेदरल्याण्ड्सको हेगमा सन्चालित संयुक्त राष्ट्र संघको सभामा भाग लिन आएको हुँदा गोर्खा ल्याण्ड सपोर्ट ग्रुपद्वारा बिरोध प्रदर्शन गरेको थियो । सो बिरोध धर्नामा युरोपका बिभिन्न देशहरुबाट आएका सहभागीहरुले नारा लगाउनको साथै हातमा ब्यानर, प्लेकार्ड लिएर हेग स्थित भारतीय दुतवास अघी धर्ना दिएका थिए।
अन्तमा सो समुहद्वारा भारतीय प्रधानमन्त्री महामहिम नरेन्द्र मोदीलाई तत्काल दार्जिलिङबाट प्रहरी सेना फिर्ता गर्न, घाइतेको उपचार र शहिद परिवारलाई सम्मानका साथ क्षती पुर्ती दिदै गोर्खाहरुको माग तत्काल पुरा गर्न माग गर्दै एक ज्ञापनपत्र दुतावास मार्फत पठाएको छ ।