उपाध्यक्ष भवन भट्टले लाप्राक परियोजना सम्पन्न नहुन्जेल बालुवा बोक्ने

अर्चना शर्मा
गैर आवासीय नेपाली संघका केन्द्रिय उपाध्यक्ष भवन भट्ट एनआरएनए अभियानका एक जना युवा अभियनता हुन। उनी जापानमा बसोबास र व्यवसाय मात्र गर्दैनन्। उनको जापानमा करिब २९० वटा रेष्टुरेण्टहरु सञ्चालनमा छन। उनको कम्पनी टिबीआई ग्रुप फुड एण्ड बेभरेजमा जापानको टप टेन भित्र पर्दछ। उनी नेपालमा लगानी गर्ने एनआरएनएहरु मध्ये टप फाईभ भित्र पर्दछन। वार्षिक ५० करोड भन्दा बढी राजश्व तिर्नेमा पनि उनको कम्पनि पर्दछन।
भट्टको नेपालमा स्टार गोल्ड वियर, धुलिखेल रिसोर्ट, कारोबार दैनिक पत्रिका, बिबि होलिडेज लगायत विभिन्न क्षेत्रमा लगानी रहेको छ। उनी व्यवसाय संगसंगै सामाजिक कार्यमा पनि सकृय छन बिबि ट्रष्टको नामबाट। उसो त भट्ट पुर्व उद्योगमन्त्री यदु प्रसाद भट्टका माहिला छोरा हुन। हाल गैर आवासीय नेपाली संघले निमार्ण गरि रहेका नमुना बस्ती गोर्खा जिल्लाको लाप्राक गुप्सी पाखा पनि उनकै बाबाको निर्वाचन क्षेत्र भित्र पर्दछ।
सानै देखिन व्यसायीक र सामाजिक स्वभावका भवन भट्टले जापानमा रेष्टुरेण्टको भाँडा माझेर शुरुवात गरेका हुन। व्यवसाय, सामाजिक गतिविधिका साथ साथीभाईहरुसगं अति नै नजिक हुने स्वभावका उनी काम र मनोरञ्जनलाई उतिकै महत्व दिन्छन। युवा एनआरएनएहरुमा निकै लोकप्रिय रहेका भवन भट्ट साथीभाइले भनेको कुरा नाई भन्न नसक्ने उनको स्वभावमा उनी निकै रमाउछन। नेपाल र नेपाल बाहिर परोपकारी कार्यमा पनि उनी टप फाइभमा पर्दछन। सम्भवत उनी एनआरएनएमा संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो पछिका हुन।
गैर आवासीय नेपाली संघले भुकम्प पिडितका लागी एक हजार घर बनाउने कुरा यिनैले प्रस्ताव गरेका हुन। जसलाई अध्यक्ष घले मात्र होईन सम्पुर्ण एनआरएनएहरुले यसलाई एनआरएनएको महत्वकाँक्षी परियोजनाका रुपमा लियो। हाल त्यसै अन्तरगत लाप्राकमा ५७३ वटा घर सहितको सुविधा सम्पन्न नमुना बस्ती निमार्ण भइ रहेको छ। जसको नेतृत्व अध्यक्ष घले आइसीसी सदस्य जमुना गुरुङ्गले लिई रहेका छन।
अध्यक्ष घले दम्पति आजकाल अधिकाशं समय  लाप्राक मै बिताउछन। यसै परियोजनाका लागी उपाध्यक्ष भवन भट्टले महत्वपुर्ण र कष्टकर रहेको ढुवानीमा सहयोग पु–याउने उद्देश्यले परियोजना अन्त्य नहुन्जेलसम्म रहने गरी भवन भट्ट नाम रहेको ट्रयाक्टर उपलब्ध गराएका छन। सोको हस्तान्तरण लिन परियोजनाका नेतृत्वकर्ता अध्यक्ष घले दम्पतिलाई लाप्राकमा आफै सडक मार्ग हुदै पुगे।
भट्टले लाप्राकमा रहदा २५ देशबाट आएका स्वयम सेवक, नेपाली सेना लगायत एनआरएनए टोली सगंसगै सेवामा सकृय रहे। परियोजनाकै शुरुवातमा पनि दुई जना स्वयम सेवक परियोजना सम्पन्न नहुन्जेल सम्मका लागी प्रायोजन गरेका थिए भट्टले।
अध्यक्ष घले दम्पतीको लाप्राक प्रतिको लगान, मिहेनतका हरेक पाइलामा साथ दिनेहरुमा भवन भट्ट पनि एक पर्दछन। त्यस्तै अमेरिकाज सयोंजक सोनम लामा, आईसिसि सल्लाहाकार त्रिलोक गुरुङ्ग, संरक्षक दिल गुरुङ्ग, परियोजनाका सदस्य श्याम तामाङ्ग अग्र पंतीमा पर्दछन।
उपाध्यक्ष भट्ट एनआरएनएको अर्को महत्वकाँक्षी परियोजनाका संयोजक पनि हुन। नेपालमा पर्यटक भित्रयाउने मुख्य लक्ष्य रहेको यस कमीटिले नमस्ते अभियान लगायत विभिन्न गतिविधि नेपाल र नेपाल बाहिर गरि रहेका छन।
यसै हप्ता मात्रै पनि उनले नेपालको एउटै मात्र अन्तराष्ट्रिय विमान स्थलका सरसफाइ गर्ने कार्यक्रम सम्बन्धी सम्झौता पत्रमा एनआरएनएका तर्फबाट उपाध्यक्ष भट्ट र विमान स्थलका पदाधिकारी बिच हस्ताक्षर भएको छ। यही जुन २९ बाट विमान स्थल सरसफाइ गर्ने कार्यको थालनी गरिने छ। उक्त थालनीमा संरक्षक दिल गु्रुङ्ग, अमेरिकाज क्षेत्रका संयोजक सोनाम लामा, संचारकर्मी राजेन्द्र भट्ट लगायत उपाध्यक्ष भट्ट स्वयम उपस्थित हुने छन। अध्यक्ष घले दम्पति व्यवसायीक कार्यले गर्दा उपस्थित हुन नसक्ने भएकाले उपाध्यक्ष भट्टले नेतृत्व गर्ने छन।

 

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार