टनब्रीज फेस्टिभलमा’ गुल्मेली नौमती बाजा सहित’ टनब्रीज नेपाली कम्युनिटी प्रथम

लण्डन । टनब्रीज कार्निभल फेस्टिभलमा प्रथम नौमती बाजा गुल्मी युके र टनब्रीज नेपाली कम्युनिटीलाई पहिलो स्थान मिलेको छ ।19369164_1559310954099582_1085593820_o

टनब्रीज फेस्टिभलमा टनब्रीज काउन्सिल र टनब्रीज लायन क्लबको आयोजनामा सम्पन्न फेस्टिभलमा प्रमथ नौमती बाजा गुल्मी यूके र टनब्रीज नेपाली कम्युनिटीले संयुक्त रुपमा भाग लिएका थिए ।

६० भन्दा बढी विभिन्न समुदाय र समुहले आ आफ्ना झाँकी तथा कला प्रदर्शन गरेको त्यस फेस्टिवलमा नेपाली नौमती बाजा र टनब्रीज नेपाली कम्युनिटीले पहिलो स्थान हासिल गर्न सफल भए । नौमती बाजामा नेपाली रास्ट्रिय गान ‘ सयौं थुङ्गा फूलका हामी ‘ घन्काउंदै र्याली प्रस्तुत गर्दा सबै बेलायतीहरुको माझ ठुलो आकर्षणको केन्द्र नै बनेको थियो ।

टनब्रीज काउन्सिलका मेयर र लायन क्लबका अध्यक्ष दुबैले नेपाली समुदायको प्रस्तुतिको विशेष प्रशंसा गर्दै सहभागिताको लागि धन्यवाद दिएका थिए । नेपाली समुदायको तर्फबाट कम्युनिटीका अध्यक्ष रिटायर्ड ले. मोहन रानाको नेतृत्वमा सचिव भेष बहादुर थापाले सम्पूर्ण बन्दोवस्त मिलाएका थिए । अध्यक्ष रानाले स्थानीय समुदायसंग समायोजन हुने र नेपालको पर्यटन प्रबर्दन गर्ने उद्देश्यले सन् २०१० देखि नै हरेक वर्ष यो फेस्टिभलमा सहभागिता जनाउंदै आएको बताए ।

19403480_1559311027432908_1900229340_o

प्रथम नौमती बाजा गुल्मी युके का प्रमुख सयोजक तथा गुल्मी जिल्ला समाज युके का सस्थापक अध्यक्ष हाल सल्लाहाकार साथै ग्रेटर रशमोर नेपाली कम्युनीती का अध्यक्ष ओमप्रसाद थापा ले भन्नु भयो हाम्रो प्रथम नौमती समुह जहा नेपाली छन त्यहा प्रत्यक्ष पुगेर सहोग गर्नु सफल भएका छौ। बिषेसत नेपालीहरू को तिपीकल ईतिहासीक यस नौमती बाजा सबैले अती मनपराईदीनु भएको छ। सबैको ठाउमा समय दिन नसकेको अवस्था छ। तर पनी मुख्य मुख्य कार्य हाम्रो समुह भेयाई नभेयाई भए पनी सहभागी भएका छौ ।

बिषेस त हालैमा गोर्खाकप २०१७,नेपाली ओपनकन्सट युके फान्ब्रो तथा गतहप्ता अगी मात्र भिक्ट्रोरीया डे परेड अल्डरसट ,जस्ता ठुला कार्यक्रम मा भाग लिन औसर पाएका छौ। आज झन प्रथम स्थान मा आउनु भनेको बेलायत बासी नेपाली को शिर उच्च पार्नु सफल भएको महसुज गरेका छौ बिसेस त यो यस ठाउमा यो प्रथम हुने ओसर पहिलो होईन केही बर्ष पहिला पनी पक्कै सफल भएको स्मर्ण गराएको भन्नु भयो । साथै यस समय बैबाहीक लगन को महिना परेको हुदा शुभबिवाह का निम्ती भेयाई नभेयाई ब्यस्थ छौ भन्नु भयो । आब यस्तै आउदो ठुलो कम्युनिती प्रोग्राम आउदो ८ जुलाई २०१७ दिन गोर्खाभेला साथै नेपालकप २०१७ को निम्ती अल्डरसट को निम्ती तयारी भएको जानकारी दिनु भयो ।19401542_1559311054099572_1536180786_o

यसै बीच कार्यक्रम सफल बनाउन सस्था का कार्यसमिती बिषिस्ठ ब्यक्ती हरू भुपू पुर्व गोर्खा हरूको बाकलो सहभागी थियो बिसेष त टनब्रिरज नेपीली लेडिज कम्युनीती अध्यक्ष श्रीमती तारा राना लगायत दिदी बैनी हरूको आफ्नो जातीय झल्काउने पोसाष र नानी हरूको कल्चरल पोसाक मा सजियर पन्चकन्य को प्रस्तुत के अती कलरफुल देखाएको थियो। भने स्थानिय बासी गुल्मी जिल्ला समाज युके का निबर्तमान अध्यक्ष अर्जुन गौतम बर्तवान उपाअध्यक्ष टोप पल्ली सचिन बिर बलाल को सहभागी थियो भने भार्सेली समाज युके का अध्यक्ष के. मेख गलामी सचिव क्षत्र श्रीस को सहभागी थियो भने समाज सेवी हरू दुर्गा बुढाथोकी, जस्तै अन्य ब्यक्तीतो हरूको सहकार्य थियो।

नौमती समुह र कार्यसमिती को कोनिम्ती जलपान र सोदिष्ट खान पिन सस्था को कोषअध्यक्ष श्री याम गुरूड्ग को बन्दोबस्त मा स्थानिय गोर्खा पलानेट रेष्टुरेन्ट बाट बन्दोबस्त गरियको थियो । प्रथम नौमती समुह मा सहभागी मा ओम थापा,टोप पल्ली,बिर बलाल,बिन भुजेल,याम गलामी, लाल काउचा, पडम गुरूड्ग, पुर्ण बलाल,याम थापा,होम थापा,समेतको उपस्थिति रहेको थियो।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार