अस्ट्रेलियामा कस्ता एन आर एन लाई समाजसेवी भन्ने ?

तिर्थ खतिवडा , अस्ट्रेलिया |

“क” समुह NRN समाजसेवी हो कि “ख” समुह NRN समाजसेवी हो ? “क” समूह सकारात्मक सोच राख्ने मा पर्दछ कि “ख” समूह ?

१. NRNA ले अहिले लाप्राक मा बनाउदै गरेका करिबन ६०० घर बनाउन एक डलर देखि दशौ हजारौं डलर सहयोग गर्ने NRN ।
२. पाथीभरा श्रदाश्रम बनाउन ५०/६० डलर देखि दशौ हजार डलर सहयोग गर्ने NRN।
३. स्टुडेन्ट वेल्फेयर फन्ड साथै अन्य वेल्फेयर फन्ड को लागि सहयोग गर्ने NRN ।
४. NRNA का कार्यक्रम लाई सधै स्पोन्सर गर्ने उधमि
५. NRNA ले गर्ने कार्यक्रम लाई भित्रै देखि सहयोग गर्ने अरु जो कोहि नेपाली / NRN।

समूह ख

१. उठेको सहयोग नेपाल पठाएर दोसल्ला मात्रै ओढ्ने र मैले यसो गरे भन्ने ।
२. म NRNA मा छु नि भन्दै भ्रष्ट नेता सग फुटो खिचेर आफुलाई ठूलो सम्झिने र बिदेश मा बस्ने नेपाली को NRN नेता म मात्रै हु भन्ने ।
३. नेपाल मा ब्यापार ब्यबसाय गर्न नेटवर्क (विशेष गरेर सरकारी कर्मचारी/ मन्त्री र नेता सग ता कि कम घुस ख्वाएर वा सिमित ब्यक्ति लाई घुस ख्वाएर काम गर्न सकियोस) वृद्धि गर्न मात्रै NRNA मा आउने ।
४. दुर्घटना मा परेर ज्यान गुमाएका केही बिध्यार्थिको लास नेपाल पठाउन वेल्फेयर फन्ड बाट प्रती लास २ हजार डलर दिदै हामीले बिध्यार्थिको लागि यो गरेउ भन्ने ।
५. सुटुक्क एउटा MP सग समुन्द्र मा फुटो खिच्ने अनि पोलिसी ले अष्ट्रेलिया मा ठूलो अर्थ राख्दछ भन्ने । ( अरु ब्यक्ती र संघ / संस्थाले ती भन्दा धेरै माथिल्लो लेभल मा कन्सुलेसन गरेका छ्न)
६. अरुको सदस्यता शुल्क पनि आफैले तिरिदिदै राजनितीक दलको भाडाको टट्टू जस्तै प्यानल बनाएर समाजसेवी हुन चुनाव मा उठ्ने ।
७. आबस्यक परे चुनाव को बेला कुटाकुट गर्न पनि पछि नपर्ने ।
८. आर्थिक पारदर्शीता र सहयोग रकम के कसो हुँदै छ भन्दा उत्तर नदिने, अडिट को रिपोर्ट मात्रै हामिले देखाउदा हुन्छ अरु देखाउनु पर्दैन भन्ने।

समाजसेवा को अर्थ बुझेर मनै देखि प्रोजेक्टहरुको कोअर्डिनेट गर्नेलाई त हामिले चिनेकै छौ / सम्मान गरेकै छौ ।अब तपाईहरु नै भन्नुस् कस्ता एन आर एन हरुलाई हामीले समाजसेवी भन्ने ?

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार