दर्शकलाई भेडा देख्ने प्रियङ्काको दृष्टिदोष की प्रेमको मात ?

दर्शकले मन पराउने नायिका मध्येकी एक हुन् प्रियङ्का कार्की । उनीप्रति दर्शकले शुभेच्छा र माया अत्याधिक देखाएका पनि छन् । यही कारण पनि उनी छोटो समयमै नेपालकी नम्बर वान नायिका पनि बनिन् ।

पछिल्लो समयमा भने तिनै दर्शकको चित्त दुख्ने गरी एउटा शब्द प्रयोग गरेकी छिन् त्यो हो भेडा । नायक आयुस्मान देशराज जोशी सँगको प्रेमको बचाउ गर्दै आफ्नो बारेमा बोल्ने र लेख्नेहरुलाई भेडा भनेकी हुन् ।

विशेष गरी युट्युबका अन्तर्वाताहरुमा जथाभावि कमेन्ट लेखेको भन्दै उनले कमेन्ट गर्नेहरुलाई केही नबुझ्ने भेडाहरु भनेकी छिन् । उनले अन्तवार्तामा आक्रोशित हुँदै भनेकी छिन् ‘जति सम्झाए पनि कुरै नबुझ्ने भेडा जस्तै व्यवहार देखाउँछन् ।’ नायिका प्रियङ्काको भनाईलाई मान्ने हो भने आमदर्शक के भेडा हो ? अघिपछि  दर्शकहरु लाई भगवान मान्नेले किन भेडाको संज्ञा दिइन कतै प्रेमको आवेग र उन्माद त हैन ? आफ्नो प्रेम र चुम्बन काण्डलाई चोख्याउन ।

भेडाको अर्थ के हो ? यो कुरा उनले सम्भवत बुझेकै हुनुपर्छ । किनकी उनी आफू पढेलेखेकी र संस्कारी केटी पनि हो भनेर बताउँदै आएकी छिन् । अन्र्तवार्ताकै क्रममा आफ्नो प्रेम र चुम्बनको विषयमा समाचार बनाएर पत्रकारले पैसा कमाएको भन्ने गम्भिर आरोप समेत लगाउन भ्याएकी छिन् ।

सार्र्वजनिक समारोहमा प्रियङ्काको हरकतलाई शालिन ढंगले समाचार बनाउने पत्रकारलाई प्रियङ्काले लगाएको यो गम्भीर आरोप भोलीका दिनमा महंगो सावित हुन सक्छ । के नेपालका पत्रकारहरुले प्रियङ्का कार्कीको चुम्वन बेचेर घरपरिवार र जीविकोपार्जन गरेका छन् ? यो कुरा प्रियङ्काले स्पष्ट पार्न जरुरी छ ।

प्रियङ्कालाई प्रियङ्का बनाउने नेपाली दर्शक हुन् । आफ्नो चुलिँदो चर्चाको घमण्ड प्रियङ्कालाई चढेको हो भने यहि अभिब्यक्ति उनको ओरालो लाग्ने कारण नबन्ला भन्न सकिन्न । ब्यक्तिको जति चर्चा र उचाई बढदै जान्छ त्यति संयम हुदै जानु पर्छ । तर त्यसको विपरीत उत्तेजित हुँदै जाने हो भने रातारात स्खलित हुनुपर्छ भन्ने प्रियङ्का जस्तो नायिकालाई हामीले भन्नु नपर्ने हो ।

नेताका लागि जनता जनार्दन अभिनेताका लागि भगवान हुन भने जस्ले अपार माया र सम्मान दिए उसैलाई अपमान गर्ने  प्रियङ्काका शब्दमा बेलैमा लगाम लागेन भने ब्यवसायिक जीवनमा राम राम भन्ने मात्र पाउने छिन काँध थाप्ने त  आयुस्मान  मात्र पो हुन्छन कि ? हामीले चिन्ता गरेर मात्र के होला ? आगे प्रियङ्काको मर्जी ।  उज्यालो र forseenetwork.com को सहकार्य

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार