काठमाडौं, ८ असार । राष्ट्रपति विद्यादेवी भण्डारीले मर्यादित पोशाक (दौरा सुरुवाल) लगाउन निर्देशन दिएकी छिन् ।
राष्ट्रपति कार्यालयको निर्देशनमा सूचना विभागले राष्ट्रपति सरिक हुने सार्वजनिक समारोहमा सञ्चारकर्मीलाई अनिवार्य रुपमा मर्यादित पोशाकमा खटाई पठाउन निर्देशन जारी गरेको हो । विभागले नेपालका अधिकांश मिडिया हाउसमा यसबारे पत्र समेत पठाइसकेको छ ।
यद्यपी मर्यादित पोशाक के भन्ने खुलाइएको छैन् । धेरैले यसलाई दौरा सुरुवाल भनी अर्थ लगाएका छन् ।
हेर्नुस् राष्ट्रपति कार्यालय र सूचना विभागको पत्रः