‘चुनावमा मेट्रोरेल गुडाउने काठमाण्डुका मेयर–उपमेयर आफ्नै खल्ती भर्न व्यस्त’

काठमाण्डु– काठमाण्डु महानगरपालिकाका मेयर–उपमेयरले आफ्नै लागि मोवाइल किन्ने निर्णय गरेका छन् । महानगरको चुनावका समयमा मोनोदेखि–मेट्रोरेलसम्‍मका सपना देखाएका जनप्रतिनिधि घोषणापत्र अनुसारको कामभन्दा सानातिना विषयमै सीमित भएका हुन् ।

नगर कार्यपालिकाको दोस्रो बैठकबाट मेयरसहित उपमेयर र नगरपालिका सदस्यलाई समेत मोवाइल किन्ने र सीमसहित हस्तान्ततरणको निर्णय भएको हो ।

बैठकको निर्णयअनुसार महानगर सदस्यका लागि ३० हजार रुपैयाँको मोवाइल सेट र एउटा सीम दिने निर्णय भएको छ । मोवाइल खर्चका लागि मासिक २५ सय रुपैयाँ दिने निर्णय गरिएको छ ।
मेयर र उपमेयरका हकमा खरिद र खर्चमा बिलबमोजिमको भुक्तानी हुनेछ । महानगरको कोषबाट स्वेच्छिक रकमको खरिद हुन सक्नेछ ।

यस्तै दोस्रो बैठकले मेयर–उपमेयर तथा सदस्यहरुको भत्ता समेत तोकेको छ । तोकिएको भत्ता अनुसार मेयर र उपमेयरले बैठक भत्ता १५ सय रुपैयाँ पाउनेछन् भने सदस्य तथा आमन्त्रित सदस्यले एक हजार रुपैयाँ पाउनेछन् । यस्तै महानगर बोर्डको निर्णयबाट कानुन नबन्दासम्मका लागि भन्दै जनप्रतिनिधिको पारिश्रमिकका लागि ३५ लाख रुपैयाँ छुट्याइएको छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार