तेह्रथुम, ७ असार । तेह्रथुम जिल्लाको छथर गाँउपालिका वडा नम्बर २ स्थीत खैरेनीका गंग बहादुर लिम्बुको परिवार ओत लाग्ने झुपडी बनाउन नसक्दा चुहिएको छाप्रोमा रात कटाउनु पर्ने बाध्यता रहदै आएको छ ।
आर्थिक कम्जोर रहेको लिम्बुको घर २०७२ सालको भुकम्पले क्षती गरे सँगै बास बस्ने घर बनाउन नसक्दा चुहिएका छाप्रोमा रात कटाउनु पर्ने बाध्यता बनेको हो । २ छोरा र श्रीमती रहेको लिम्बुको परिवारमा चेतना बिकास नहुनका साथै आर्थीक कम्जोरीका कारण बास बस्ने घर बनाउने कुनै माध्यम नबने पछि सानो छाप्रोमा रात कटाउनुको बिकल्प नरहेको बताउनु हुन्छ । नानीहरु सानै छन् आफुले उब्जाएको कमाईले २ महिना पनि धान्दैन अरुको ज्याला मजदुरी गर्दै परिवारलाई धान्दै आएका लिम्बुको परिवारमा उनका श्रीमती र लिम्बुले ज्याला मजदुरीबाट कमाएको रकमले हातमुख जोड्न पनि धौ धौ रहेकोले बास बस्ने घर बनाउन नसकेको बताउनु हुन्छ ।
सानो छाप्रोमा रहेको लिम्बुको परिवार पानी झरी पर्दा छिमेकीकोमा गुहार माग्दै पुग्ने गरेको छिमेकी मन बहादुर खड्ककाले बताउनु भयो । आर्थीक कम्जोरकै कारण नानीहरुलाई एकसरो कपडा लगाउन समस्याका साथै एक छाक खाना खान समेत धौ धौ बन्दै गएको छ । उनका साना नानीहरु बिद्यालय गए पनि चेतना बिकास नहुँदा नानीहरुको जन्मदर्ता नगर्दा नियमित रुपमा बिद्यालय नजाने गरेका छन् ।
भुमिहिन लिम्बुको घर भुकम्पले क्षती गरे सँगै राज्यले दिने राहातको नाममा ५ हजार बाहेक अरु केही राहात पाएका छैनन् । बास बस्ने झुपडी नहुँदा सानो छाप्रोमा नै खाना पकाई तुल्याई सँगै रात कटाउनु पर्ने बाध्यता रहँदै आएको छ । कलिला नानीहरु जाडोमा एकसरो लुगा लगाउन समस्याका साथै पेटभरी खान अन्न घरमा नहुदा लिम्बुको बालबच्चाहरुको भबिष्य अन्धकारमा झेलिन्दै गएको छ ।
पीडितहरुको पिडाहरुलाई मध्यनजर गर्दै सरोकार वाला बर्गहरुको ध्यान जान अबश्यक देखीन्छ ।