नेपाली नेता र अर्थहीन धारा प्रवाह भाषण

भोज राज बराल , लण्डन।
३५ वर्ष भयो विदेश बसेको अनि झन्डै त्यत्ति नै वर्ष भयो होला कुनै पनि राजनीतिकर्मी को भाषण सुन्न नगएको पनि। झन्डै झन्डै यसलाई दुई पुस्ता भन्दा पनि फरक नपर्ला, नपत्याए हिमाल झैं खुलेको शिर साक्षी छ।

नेपाल मा भने नेताले भाषण गरेको सुन्न मानिस हरु काम नै छोडेर गएको देख्छु। गाजा बाजा बजाउदै गएको देख्छु। पढेका र ठूल्ठूला पेशामा भएका मान्छे पनि गएको देख्छु। विज्ञ र विद्वान समेत तिनैको भाषण सुन्न गएको देख्छु। त्यो पनि एक पटक होइन पटक पटक गएको देख्छु। हामीले नसुनेको नबुझेको कस्तो कुरा भाषण गर्ने रहेछन् छिन छिनमा, रनभुल्लमा म छु।

 

मान्छे नै यस्ता भएर देश अधोगती तिर लागेको हो कि? नेता को खेती त्यसैले फष्टाएको हो कि? विकसित देशमा कसैको भाषण सुन्न कोहि जादैन। त्यहा मदन भण्डारी, केपी ओलि, गगन थापा, प्रचण्ड, बाबुराम, कमल थापा, विजय गच्छदार जस्ता मान्छेको भिड जम्मा गरेर भाषण गर्न जान्ने मान्छे छैनन् , न त तिनको भाषण सुन्न कसैलाई फुर्सद र चासो नै छ।

मेरो पैतिस वर्षको विदेश बसाइको अनुभव यो पनि हो, राम्रो हो वा नराम्रो के हो तर मलाई कुनै नेपाली नेताको भाषण को अर्थ लाग्दैन। तिनीहरु ले बनाइदिएका स्विजरल्याण्ड र सिङापूर देखियो। गास, वास र कपास पनि देखियो। कर्णाली मा सिटामोल नपाउदा विशिष्ट ले अमेरिका पुगेर उपचार गरेको देखियो। रोजगारी त पुरै अरब तिर देखिएको छ अनि अझै के देख्न बाकी छ र नेपाली हरु यिनको भाषण मा ताली लगाउन जान्छन् मैले केहि बुझ्दिन। तपाईं हरु बुझ्नु हुन्छ भने अझै तिनैको भाषण सुन्न जानु होस् र हातमा फोरा उठुन्जेल ताली बजाउनुस।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार