अबको एनआरएनए हाम्रो र राम्रो एनआरएनए

“अबको एनआरएनए हाम्रो र राम्रो एनआरएनए” अबको एनआरएनए हाम्रो र राम्रो एनआरएनए’ भन्ने मूल नारा लिएर सफल व्यवसायी गौरीराज जोशी अमेरिकाको चुनावी मैदानमा उत्रनु भएका छ । अध्यक्ष पदका दावेदार जोशीले एनआरएनए अमेरिका आईसीसीलाई केही व्यक्तिको मात्र नभएर सबै प्रवासी नेपालीको साझा संस्थाको रुपमा रुपान्तरण गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ । विभिन्न राजनीतिक दलहरूले जोशीलाई ‘साझा नेता’को रुपमा आत्मसाथ गरेका छन् । नेपाली जनसम्पर्क समिति, प्रवासी मञ्च, प्रवासी नेपाली एकता समाज (राप्रपा निकट)का पदाधिकारीहरू एवम् तिनीहरूका अमेरिकामा रहेका राज्य च्याप्टरहरूका साथै एनआरएनएका अधिकांश च्याप्टरहरु गौरी जस्तो कुशल, सक्षम र दक्ष व्यक्तिको अध्यक्ष पद्को उम्मेद्वारीले एनआरएनए अमेरिकालाई नयाँ शिरातिर मार्ग निर्देश गर्ने आशा लिएका छ्न् । एनआरएनएभित्र छरिएर रहेका फूलहरुलाई एउटै मालामा उन्ने दुढ अठोटका साथ अघि बढ्नु भएका जोशीलेमात्रै संस्थालाई आशा र भरोसा लाग्दो संस्था बनाउन सक्ने विश्वास सम्पूर्ण नेपालीहरूले लिएका छन् । अमेरिकामा बस्ने नेपालीको समृद्धिर सवलीकरणका लागि मैले उम्मेद्वारी दिएको आशय जोशीले व्यक्त गर्नु भएको छ । ‘मसँग यस्ता योजना छन्, जसले नेपालीलाई सहजै समृद्धितिर अग्रसर गर्न सहयोग पु¥याउँछ,’ उहाँले भन्नु भयो । अन्तर्राष्ट्रिय जगतमा एनआरएनए अमेरिकाको बलियो उपस्थिति देखाउने वातावरण सिर्जना गर्र्न आफू लागि परेको समेत उहाँले बताउनु भएको छ । आगामी नेतृत्वमा नवीन सोच, स्पस्टता, दीर्घकालीन योजना र प्रभावकारी कार्यान्वयन क्षमता जरुरी रहेको भनाइ छ । समग्रमा एनआरएनए अमेरिकालाई कसरी दीगो, संस्थागत र प्रभावशाली रूपमा मनाउन सकीन्छ भन्ने तीर नै ऊहा लाग्नु भयकोछ। (शुरेस कोईराला, शीतलपाटी)

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार