एक महिनामै लण्डनमा चौथो आतंकवादी हमला : १ को मृत्यु , १० घाइते

भोइस अफ नेपाल, लण्डन। – उत्तरी लन्डनको फिन्सबरी पार्क मस्जिद नजिकै गए मध्यराति भयानक दुर्घटना भएको छ । दुर्त गतिमा आएको एउटा भ्यानले पैदलयात्रीलाई पेलेर जादा एकको मृत्यु र दश जना घाइते भएका छन्।

 

सेभेन सिस्टर रोडमा भएको उक्त दुर्घटनामा एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मेट्रोपोलिटन पुलिसले राति १२ बजे भयानक दुर्घटना भएको जानकारी दिएको छ ।

रमजानका कारण धेरै पैदलयात्रीहरु नमाज सकेर फर्कंदै गर्दा सो घटना भएकोले मृत्यु हुने र घाइते सबै मुस्लिम समुदायका रहेको जानकारी प्राप्त भएको छ। मुस्लिम काउन्सिल ब्रिटेन ले भ्यान ड्राइभरले जानीबुझी ठक्कर दिएको दाबी गरेको छ ।

लन्डन मेट्रोपोलिटन पुलिसलेयसलाई आतंककारी हमलाको संज्ञा दिएको छ। यसअघि एक महिनाको अवधीमा मात्रै लण्डनमा ३ वटा आतंककारी हमला भइसकेको छ। लन्डन मेट्रोपोलिटन पुलिसले आपतकालिन अवस्थाका कारण सेभेन सिस्टर रोड बन्द गरिएको जनाएको छ ।

लन्डन एम्बुलेन्सका डेपुटी डाइरेक्टर केविन बेटले घटनालगत्तै ८ जना घाइतेहरुको उद्दार गरेर अस्पताल पुर्‍याइएको जानकारी दिएका छन् भने एक जनाको मृत्यु भईसकेको छ।

 

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार