भारतलाई १८० रनले हराउँदै पाकिस्तानले जित्यो च्याम्पियन्स ट्रफी

भारतमाथि १८० रनको फराकिलो जित हात पार्दै पाकिस्तानले च्याम्पियन्स ट्रफीको उपाधि जितेको छ । आईसीसीले आयोजना गरेका प्रतियोगितामा पहिलोपटक भारतलाई पराजित गर्दै पाकिस्तानले इतिहास समेत रचेको छ ।

टस हारेर व्याटिङको निम्तो पाएको पाकिस्तानका लागि अजहर अली र फखार जमान पहिलो विकेटका लागि १२८ रनको साझेदारी गरे । जुन पाकिस्तानको जितको लागि निर्णायक बन्यो । अली ५९ रन बनाएर आउट भए । फखार जमानले शतक पुरा गर्दै ११४ रन जोडे । बाबर अजमले ९६ रन बनाए । सोएब मल्लिक मात्र १२ रनमा आउट भए ।

३३९ रनको विजयी लक्ष्य पछ्याएको भारतको सुरुवात निकै खराब रहृयो । पाकिस्तानको बलरसाम भारतका चर्चित ब्याट्सम्यानहरु टिक्न सकेनन् । खाता नखोली तेस्रो बलमा रोहित शर्मा र भारतको छ रन हुँदा कप्तान विराट कोहली ५ रनमा आउट भएपछि भारतीय टिमलाई ठूलो झड्का लाग्यो र सुरुबाटै दबाबमा पर्यो ।

भारतका शिखर धवन पनि २१ रनमै आउट भए । युवराज सिंह २२ रनमा आउट हुँदा महेन्द्र सिंह धोनी ४ रनमै आउट भए । छैटौं विकेटका रुपमा केदार जादव ९ रनमा आउट हुँदा सातौं विकेटका लागि हार्दिक पाण्डेय र रविन्द्र जडेजाले ८० रनको साझेदारी गरे । तर, यो जितका लागि पर्याप्त भएन् । पाण्डेय ७६ रनमा रनआउट हुँदा टिमको स्कोर १५२ रन थियो । थप चार रन जोड्दा भारत ३०.३ ओभरमै अलआउट भयो ।

पाकिस्तानी बलर मोहम्मद अमिर र हसन अलीले ३–३ विकेट लिएर भारतलाई पराजयको मुखमा पुर्याएका थिए । भने सहदाव खानले २ विकेट र जुनिद खानले एक विकेट लिदै गेम ओभर गरे ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार