काठमाडौं । ब्रेकअपको हल्ला चलिरहँदा नायिका निशा अधिकारी र क्रिकेटर शरद भेष्वाकर एकसाथ देखिएका छन् । दुबै जना स्वामी अरुणानन्दको ओशो तपोबनमा देखिएका हुन् । दुबैको फोटो स्वामी आनन्द अरुणले सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेका छन् । असार २ गते (हिजो) स्वामी आनन्द अरुणको ७४ औ जन्मोत्सबमा आयोजित वासुदेव कुटुम्बकम नामक सभामा शरद र निशा पनि पुगेका थिए । त्यहाँ उनीहरुले सधखारुको सांस्कृतिक प्रस्तुतिको आनन्द लिएको स्वामीले जनाएका छन् ।
तपाईको प्रतिक्रिया
Loading...