एनआरएन जापान महिला उपाध्यक्षमा सबिताको उम्मेदवारी

टोकियो । सबिता श्रेष्ठ गैर आवासीय नेपाली संघ जापानको महिला उपाध्यक्ष बन्नेमा उत्साही भएकी छिन् । आगामी कार्यकालका लागि महिलातर्फको उपाध्यक्षमा अहिलेसम्म सबिताकोमात्र उम्मेदवारी परेपछि उनी उपाध्यक्ष बन्नेमा विश्वस्त भएकी हुन् । उनी भन्छिन्, ‘साथीहरुसंग सरसल्लाह गरेर उम्मेदवारी घोषणा गरेकी हुँ, साथीहरुले सहयोग गर्नुहुन्छ भन्ने विश्वास छ ।’ केही आकांक्षी भए पनि आगामी दुई वर्षे कार्यकाल उनलाई नै सघाउनेमा पनि उनी आशावादी भएकी छिन् । एनआरएन जापानको हालको कार्यसमितिमा समेत सदस्य रहेकी सबिताले अबकोदुई बर्षे कार्यकाल झनै चुनौतिपूर्ण हुने बताइन् । जापानमा नेपालीहरुको संख्या बढेको छ भने नेपालीका समस्या पनि बढेका छन् ।

 

सबिता सन् २०१५ मा भएको एनआरएन जापानको चुनावमा समेत करिव ९ सय मत सहित दोस्रो बढी मत ल्याएर बिजयीभएकी थिइन् । आफू उपाध्यक्षमा विजयी भए कुरामा भन्दा काममा जोड दिने बताइन् । सबिताले अबको नेतृत्व धेरै बोल्ने भन्दा कम बोल्ने धेरै काम गर्ने खालको हुनुपर्ने बताइन् । १३ बर्षदेखि जापानमा रहेपनि ७ बर्षदेखि व्यापारिक भिसामा रेष्टुरेण्ट व्यवसाय गर्दै आएकी सबिताले सामाजिक सञ्जालमा कथाले मागेको भन्दै पद तोक्न थालिएको प्रति तीखो ब्यङ्ग्य कस्दै भनिन् ‘कथाले होइन पदले व्यक्ति माग्नुपर्यो ।’

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार