चट्याङ्ग का कारण पोर्तुगलको जंगलमा भिसण आगलागी : कम्तिमा ५७ जनाको मृत्यु , ५९ घाइते

*कम्तिमा ५७ जनाको मृत्यु , ५९ घाइते
*मृत्यु हुनेमा भाग्ने क्रममा ३० जनाको कारभित्र फेला।
* दुइ जना अग्निनियन्त्रक हराईरहेको , मृतकको संख्या बढ्नसक्ने।
* देशभरी ६० भन्दा बढी ठाउमा जंगली आगलागी
* कोइम्ब्रामा मात्रै ६०० र देशभरी १७०० भन्दा बढी अग्निनियन्त्रक परिचालन
* कोइम्ब्रामा लागेको जंगली आगो अग्निनियन्त्रकको कन्ट्रोल बाहिर , अग्निनियन्त्रण प्रकृतिमा निर्भर
* स्पेनबाट २ वटा अग्निनियन्त्रस जहाज सहयोग।

भोइस अफ नेपाल (VON ), युरोप। शनिबार ३ बजेतिर चट्याङ्गका कारण लागेको बिपत्तिजनक आगलागीबाट पोर्तुगलमा कम्तिमा पनि ५७ जनाको मृत्यु भएको छ भने ५९ जना घाइते भएका छन्।

कोइम्ब्राबाट ५० किलोमिटर दक्षिणी पूर्व पर्ने पेद्रोगाऊ ग्रान्दे क्षेत्रको जंगलमा भिसण आगलागी भएपछि आफ्नो ज्यान जोगाउन कारमा भाग्ने क्रममा कारमा नै आगलागी भएर अधिकांसको मृत्यु कारभित्र नै भएको सरकारी अधिकारीहरु बताउछन्। घाइते हुने ५९ जनामा अधिकांस अग्नि नियन्त्रकहरु रहेका छन्।

पोर्तुगलका प्रधानमन्त्री एन्तोनियो कोस्टाले आफ्नो सम्बोधनमा भनेर छन् ” जंगल आगलागीको सम्बन्धमा भएको यो घटना दशककै सबैभन्दाठुलो , दुखद र अतिनै दुर्भाग्यपूर्ण छ। मृत्यु हुनेको संख्या अझै बढ्नसक्ने सम्भावना छ। ”

गृह सचिब जोर्ज मोगेजले आफ्नो सम्बोधनमा भनेका छन् ” मृत्युहुनेमा ३० जना कारभित्र र अरु १७ जना गाडीहरुको आइ सी ८ राजमार्गको सडकमा नजिकै फेला परेका थिए।

६०० जना भन्दा बढी अग्निनियन्त्रकहरु परिचालन गर्दा पनि आगो नियन्त्रणमा लिन सकिएको छैन। घाइते हुने ५९ जनामध्ये १ जना आठ बर्षिया बालिका पनि छिन जो आगोको नजिक आफन्त खोज्दै घुमिरहेकी भेटिएकी थिईन। ६ जना अग्निनियन्त्रकको अवस्था नाजुक छ भने २ जना अग्निनियन्त्रक हराईरहेका छन्। अग्निनियन्त्रकहरु आगो प्रभावित धेरै क्षेत्रमा अझै पनि पुग्न नसकेकाले मृत्यु हुनेको संख्या बढ्नसक्ने चेतावनी दियिएको छ। घाइतेहरुको खोजि कार्य निरन्तर जारी राखिएको छ।
पोर्तुगलमा अत्याधिक गर्मि बढेसंगै शनिबार भएको मेघगर्जन र चट्याङ्गका कारण पोर्तुगलको ६० भन्दा बढी ठाउमा जंगली आगो लागेको थियो जसको नियन्त्रणको लागि देशभरी १७०० भन्दा बढी अग्निनियन्त्रकहरु परिचालन गरिएको थियो। पोर्तुगलको अधिकांस ठाउमा अहिले तापक्रम ४० डिग्रीभन्दा बढी भएर ग्रिष्मवायु चलिरहेको छ, अधिकांस ठाउमा शनिबार पानी परेतापनि पेद्रोगाऊ ग्रान्दे क्षेत्रमा पानी नपर्नु र ग्रिष्मवायु अत्याधिक चलेकोले जंगली आगो अनियन्त्रित र अप्रत्यासित रुपमा फैलिएको जनाईएको छ ।

अग्निनियन्त्रण गर्न स्पेनले २ ओटा अग्निनियन्त्रक जहाज पठाएको छ। अत्याधिक ग्रिष्मवायुको कारण अग्निनियन्त्रण गर्नु प्रकृतिको हातमा रहरको अधिकारीहरु बताउछन्।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार