१९ बर्षीय नेपाली युवकको युरोप सपना, यस्तो छ कारुणिक कथा

११ देश पार गर्दै १७ लाख खर्चेर यूरोप पुगे

१० अप्रील, बार्सिलोना । चितवन घर भएका १९ बर्षीय मनिष (नाम परिवर्तन) को पढाईमा खासै मन गएन ।

मध्यमस्तरको पढाई भएका मनिषको मनमा विदेश जाने भूत चढ्यो । पढाईप्रति उनको मन टाढा भयो ।

एसएलसी पछि कक्षा १२ समेत उत्तीर्ण गरेका उनले सुरुमा ईजरायल जाने प्रयास गरे । ६/७ महिना त्यतिकै बित्यो । भिसा लागेन ।

उनमा एकाएक ईजरायल पछि युरोप छिर्ने इच्छा जाग्यो । यसैक्रममा लमजुङ् घर बताउँने दुई जना विचौलियाहरु राजेन्द्र अधिकारी र थकित अधिकारीसँग सम्पर्क भयो।

राजेन्द्र भारतको दिल्लीमा थिए भने थकित नेपालमा नै बसेर युरोप पठाउन मान्छे बटुल्ने काम गर्थे।

मनिषसंगको काम गर्ने भिसामा सुरुमा इस्टोनिया जाने गरी कुरा भयो । तर एउटा विचौलिया हुँदै अर्को विचौलियासँग सम्पर्क हुँदै अष्ट्रिया पुर्‍याउने पक्का भएछ।

अन्ततस् मनिष अष्ट्रिया नै जाने भए । मनिष लगायत उनका साथीहरु युरोप जान तयार भए । मनिषसँगै चितवन घर भएका भरतले ९नाम परिबर्तन० पनि युरोप छिरेर पैसा कमाउने सपना बुने ।

विचौलियामार्फत सुरुमा उनीहरुको रसियाको भिसा लाग्यो । होटल बुकिङ् र स्पोन्सर पछि दुवैले टुरिष्ट भिसा प्राप्त गरे।

भिसा लाग्नु अगाडि नै प्रक्रियाका लागि भन्दै ३/३ लाख रुपैयाँ बुझाई सकेका थिए। युरोप जाने भएपछि सपिंगदेखि साथीभाइसंग भेटघाट, आवाजजावतमा थप २ लाख खर्च भयो।

त्यतिबेलासम्म युरोप जाने सपना पुरा गर्नका लागि ५ लाख खर्च भईसकेको थियो।

दुवै जनालाई उडाउनको लागि विचौलियाले भारत पुर्‍याए । भारतीय ईमिग्रेसनमा राम्रै च्यानल भएकाले उड्नका लागि दिल्ली पुर्‍याइएको जानकारी उनीहरुले पाए ।

दिल्ली पुगे पछि अरु दुई जना पनि थपिए। टुरिष्ट भिसामा जाने भएपछि ईमिग्रेसनमा पैसा ‘सो’ गर्नका लागि विचौलियाले ८ / ८ सय डलर पनि थमायो।

मस्कोमा भारतीयले लुटे

मस्को पुगेपछि एक जना भारतीय लिन पुगे । ईमिग्रेसनमा ‘सो’ गर्न दिएको पैसा लिनु भनिएको रहेछ । भेट्ने बित्तिकै भारतीयले सोध्यो।
तुम्हारे पास कितने पैसे हैं ?

मेरे पास है, ‘भरतले पैसासहित पर्स नै देखायो । भारतीयले सबै थुतिहाल्यो। मनिष अलि चनाखो बने । ६ सय डलर लुकाएछन् बाँकी बुझाए।

तर साथिसँग पैसा नै भएँन । भरतलाई फेरि २ सय दिए । आँफूलाई २ सय राखे र बाँकी पैसा ८ दिन मस्को रहँदा सक्कियो।

विचौलिया पनि मस्को आए पछि अब भिसा लगाएर हैन स्थलगत लुकिछिपी जाने भन्ने थाहा भयो।

अब पुग्ने नै भनेर सबैले आँट गरे । दुई जना रसियन ट्याक्सी लिएर आए । एक जना ईन्डियनसहित तीन जना युरोप सपना देखेर ट्याक्सी चढे।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार