‘लभ लभ लभ’को प्रतिस्पर्धामा एलिसाको प्रेमकथा उत्कृष्ट

वैशाख १ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘लभ लभ लभ’ले आयोजना गरेको ‘प्रेमकथा पठाउनुहोस्, एक लाख पुरस्कार जित्नुहोस्’ प्रतिस्पर्धाबाट उत्कृष्ट हुनेलाई पुरस्कृत गरिएको छ ।

प्रेमकथा पठाउने डेढ सय बढी प्रतिस्पर्धीबाट पाटनकी एलिसा महर्जन उत्कृष्ट बन्न सफल भइन् । काठमाण्डौमा एक कार्यक्रमको आयोजना गर्दै निर्मात्री शर्मिला पाण्डेले नगद एक लाख महर्जनलाई प्रदान गरेकी छिन् ।

कार्यक्रममा, चलचित्रका निर्देशक दिपेन्द्र के खनाल, नव-नायक सुरज पाण्डे, नायिका स्वस्तिमा खड्का पनि उपस्थित थिए । खनालले भने-‘चलचित्र नै बन्ने खालको त कसैको पनि कथा पाइएन । एलिसाजीले पठाएको कथाको क्लाइमेक्स म स्वयंमले लेखेको ‘लभ लभ लभ’ सँग मेल खाने जस्तै पाएँ । मैले उहाँको कथामा ‘गुदी’ भेटेँ ।’

विजेता एलिसाले आफूले प्राप्त गरेको पुरस्कार अध्ययनमा खर्च गर्ने बताइन् । वैशाख १ गते रिलिजको तयारीमा रहेको यो चलचित्रले यस्ता विभिन्न खालका प्रतिस्पर्धाको आयोजना गरिसकेको छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार