केहि दिन अगाडि बलिउडका चर्चित नायक विनोद खन्नाको एउटा तस्बिर सामाजिक संजालमा भाइरल भयो । तस्बिरमा विनोद निकै कमजोर देखिएका थिए । उनलाई ब्लड क्यान्सर भएको सम्मका खबर भारतीय मिडियामा आए ।
त्यसको केहि दिनपछि उनको निधन भएका हल्ला समेत गरियो । बारम्बार उनको बिषयमा विभिन्न खालका हल्ला चल्न थालेपछि छोरा अक्षय खन्ना अगाडि सरेका छन् । अक्षयले भारतीय मिडियासँग भनेका छन् कि-‘अहिले बाबालाई ठिक भैरहेको छ । उहाँलाई औषधीको असर भैरहेको छ ।’
उनले एक अनलाइनलाई पठाएको एसएमएसमा यो कुरा उल्लेख गरेका छन् । विनोद खन्नालाई मार्च ३१ मा अस्पताल भर्ना गरिएको थियो । उनका छोरा राहुल खन्नाले शरीरमा पानीको अभाव भएपछि उनलाई अस्पताल भर्ना गरिएको बताएका थिए । तर, मिडिया रिपोर्टका अनुसार, उनी बर्ष दिनदेखि गम्भिर बिरामीले प्रताडित छन् ।