प्रेममा जे पनि जायज छ भनिन्छ । प्रेमकै कारण संसारमा ठूला-ठूला युद्ध भएका छन् पनि भनिन्छ । यहि, युद्ध अहिले बलिउडमा पनि चलिरहेको छ । बलिउडका दुई चर्चित कलाकारको लडाई एक नायिकाका कारण भैरहेको भारतीय मिडियाले उल्लेख गरेका छन् ।
चलचित्र ‘आशिकी २’मा काम गरिसकेपछि नायक आदित्य राय कपुर र नायिका श्रद्धा कपुरको प्रेम चर्चा सुरु भएको थियो । यी दुई डेटिङमा रमाएको तस्बिरहरु पनि सार्वजनिक भए ।
तर, जब श्रद्धाले निर्देशक तथा निर्माता फरहान अख्तरसँग ‘रक अन २’मा काम गरिन्, उनको प्रेम चर्चा फरहानसँग भयो । फरहान र श्रद्धाले प्रेम स्विकार नगरेपनि यिनीहरु लिभिङ टूगेदरमा समेत बसेको चर्चा भयो । फेरि, श्रद्धाले नायक आदित्यसँग ‘ओके जानु’मा काम गरिन् ।
यो चलचित्रमा काम गरेपछि श्रद्धा र आदित्य रायको लभ स्टोरी सुरु भएको चर्चा भयो । यी दुइको निकटता फरहानलाई मन परेन । फरहान र आदित्यको यहि कारणले झगडा भएको भारतीय मिडियामा उल्लेख छ । फरहान र आदित्यको झगडा सुरु भएपछि श्रद्धाले यसलाई मिलाउने कोशिश गरेकी थिइन् । श्रद्धासँगको प्रेमका कारण आदित्य र फरहानको सम्बन्धमा दरार आएको चर्चा अहिले बलिउड बजारमा छ