नेपाली जनप्रगतिशील मञ्च, मलेसियाको सातौं अधिवेशन सम्पन्न भएको छ ।
अधिवेशनले प्रेम पाण्डेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । उपाध्यक्ष दिप लिम्बु, यज्ञराज ढुंगाना, पर्शुराम लुइँटेल र उेपेन्द्र न्यौपाने चयन भएका छन् ।
अधिवेशनले महासचिवमा अभिनास वाईबा तामाङलाई छनोट गरेको छ भने सचिवमा रुपक काफ्ले, सहसचिवमा शंकर राणा र कोषाध्यक्षमा धनवीर बूढा निर्वाचित भए ।
सदस्यहरुमा मानवीर पुजारा , प्रतीक तामाङ ,सरराज उप्रेती , मिमिक जनक मगर, दावा घिसिङ तामाङ , अञ्जली तामाङ, रमेश गुरुङ, केशव चन्द , दीपक बिक, सागर पहाडी , दीपक बिसंखे, वीरबहादुर बूढा चुनिएका छन् । त्यसैगरी, शैलेन्द्र खत्री , ज्ञानध्वज गोले , अर्जुनसिंह अनुराग, धनु शर्मा, रंगमल रोकाया , टेकबहादुर कार्की, किरण बजगाई ,अभिनास सुनुवार, लोक लामा तामाङ , दीपक सुनाखरी मगर ,सुगम बुढा ,अरजी मगर ,पर्वबाही शाही निर्वाचित भएका छन् ।
अधिवेशनले संघको संरक्षक मुस्कान जाजरकोटीलाई बनाउने निर्णय गरेको छ । सल्लाहकारमा रमेश तिवारी, कृष्ण नेपाल, राजु ढुंगाना, कविराज कार्की, दिपेश थापा र तेजबहादुर कार्की छानिए ।
अधिवेशनको उदघाटन उर्जामन्त्री जनार्दन शर्माले गरे । कार्यक्रममा माओवादीका अन्य नेताहरुका साथै व्यापारी, समाजसेवी, मलेसियामा रोजगारी गर्दै आइरहेका नेपालीहरु ,पत्रकार ,कलाकार ,राजनीति पार्टीको भातृ संगठनका प्रतिनिधिहरुको उपस्थिति थियो ।
सम्मेलनलाई सम्बाधन गर्दै उर्जा मन्त्री शर्माले अहिलेकै गतिमा काम गर्न दिए नेपालभित्रै रोजगारीको अवस्था सिर्जना हुने बताए ।
नेपाली जनप्रगतिशील मञ्च माओवादी केन्द्रनिकट प्रवासी नेपालीहरुको संगठन हो । यसले प्रवासमा रहेका नेपालीहरुलाई संगठित गर्दै आइरहेको छ ।