कुलमानलाई ‘पब्लिक सर्भिस ट्रेण्ड सेटर गोल्ड अवार्ड’

२८ चैत, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले कुलमान घिसिङलाई ‘पब्लिक सर्भिस ट्रेण्ड सेटर गोल्ड अवार्डबाट सम्मान गरेको छ । सोमबारदेखि काठमाडाैंमा सुरू भएको महासंघको ५१औं वाषिर्क साधारणसभामा नेपाल विद्युत प्राकिरणका घिसिङ सार्वजनिक सेवामा सर्बोत्कृष्ट काम गरेको भन्दै सम्मानित भएका हुन् ।

यसवर्ष देशमा ब्याप्त उर्जा संकटलाई पार लगाउने दिशामा महत्वपूर्ण काम गरेको भन्दै घिसिङलाई महासंघले सम्मान गरेको हो । घिसिङले सार्वजनिक सेवामा काम गर्दा जनताको मनोभावनाअनुसार आफ्नो अधिकतम् प्रयासबाट प्राप्त जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गर्नुपर्छ भन्ने ‘ट्रेण्ड सेट’ गरेको ठहर महासंघले गरेको छ ।

घिसिङसँगै विभिन्न क्षेत्रका ब्यक्तित्वलाई पनि महासंघले ‘ट्रेण्ड सेटर गोल्ड अवार्ड’बाट सम्मान गरेको छ । वित्तक्षेत्रमा ट्रेण्ड सेटरको अवार्ड हिमालय शमशेर जबराले प्राप्त गरेका छन् उनी नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर हुन् ।

त्यसैगरी पर्यटन क्षत्रेको टे्रण्ड सटरको अवार्ड कर्ण शाक्यले पाएका छन् । उनी नेपालमा सफल पर्यटन ब्यवसायी मानिन्छन् ।
उडड्यन क्षेत्र ट्रेण्ड सेटरको अवार्ड बिरेन्द्रबहादुर बस्नेतले हात पारेका छन् भने मनोरञ्जन क्षत्रेको अवार्ड क्यूएफएक्सका सञ्चालक नकिम उद्दिनले पाएका छन् ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार