मिस मंगलको दसौ संकरण विदेशमा, एकसाथ ३ बर्षको तयारी सुरु

अब ‘मिस मंगोल नेपाल’को आयोजना फरक ढंगले हुने भएको छ । सन् २००९ देखि सुरु गरिएको यो प्रतियोगीताको आठौ संकरणसम्मको आयोजना सकिएको छ । अब, नवौ, दशौ र एघारौ संकरणको एकसाथ तयारी थालिएको आयोजकले बताएको छ ।

सन् २०१७ मा हुने नवौं संस्करणलाई रोमाञ्चकारी, सन् २०१८ मा हुने १० औं संस्करणलाई अन्तरराष्ट्रिय र सन् २०१९ मा हुने ११ औं संस्करण हाइटेक एडिसनका रूपमा आयोजना हुने भएको हो ।

‘मिस मंगोल’ आयोजना भएको १० औं वर्षगाँठ मनाउन नवौं, दसौं र एघारौं संस्करणलाई नयाँ शैली र फरक ढाँचामा प्रस्तुत गरिन लागेको हो । दसौं संस्करणको फाइनल विदेशमा आयोजना हुनेछ । प्रतियोगी छनोट र प्रशिक्षण नेपालमा गरी अन्तिम प्रतिस्पर्धाका लागि विदेशी भूमिका लैजान लागिएको हो ।

विजेता छनोटमा यसअघि उत्कृष्ट १५ मा आउन २५ प्रतिशत एसएमएस भोटिङ, २५ प्रतिशत ट्यालेन्ट शो र ५० प्रतिशत फाइनलमा प्रतियोगीको प्रस्तुतिलाई आधार बनाइएको थियो । यसवर्षदेखि प्रतियोगीको एकवर्षे कार्ययोजनालाई पनि आधार बनाइने भएको छ ।

२०७४ जेठ २७ गते काठमाण्डौको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने प्रतियोगिताका लागि यसवर्ष काठमाडौं, धरान, बुटवल र पोखरामा अडिसन हुने छ । यो प्रतयिोगीतामा सहभागी हुन एसएलसी पास, पाँच फिट वा सोभन्दा बढी उचाइ एवं १७ देखि २६ वर्ष उमेरसमूहका अविवाहित मंगोल
युवतीले आवेदन दिन सक्नेछन् ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार