मनु, मोहन र शिखर पुरस्कृत

इनरुवा । सावित्री गोपाल स्मृति ट्रष्ट इनरुवाले यस वर्ष तीन स्रष्टालाई पुरस्कृत गरेको छ । पुरस्कृत हुनेमा कवि मनु मञ्जिल र लेखकहरु मोहनबहादुर चापागाईं र शिखर घिमिरेलाई छन् ।

सुनसरीको इनरुवामा आयोजित कार्यक्रममा सांसद रेवतीरमण भण्डारी र ट्रष्टका अध्यक्ष तथा गीतकार रोशन भट्टराईले तीनै स्रष्टालाई सम्मानपत्र र नगद १० हजार अर्पण गरे । ट्रष्टले ६ वर्षदेखि बर्सेनि यो पुरस्कार दिँदै आएको छ । यसअघि पत्रकार तथा लेखक किशोर नेपाल, पत्रकार पारस नेपाल लगायतलाई यो पुरस्कार दिइसकिएको छ ।

कार्यक्रममा टंक न्यौपाने, प्रा.डा. गोपाल भण्डारी लगायतले ट्रष्टको यस्तो कार्यक्रमले इनरुवा क्षेत्रको गतिशीतामा महत्वपूर्ण योगदान दिएको बताए ।

कार्यक्रममा उपेन्द्र पागल, बम देवान, छविनाथ रिजाल, विमला पोखरेल, टीका आत्रेय लगायतले कविता सुनाएका थिए । सो क्रममा नेपाली तारा सन्तोष लामाले गीत गाएका थिए ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार