बच्चालाई योगः रोगसँग लड्ने क्षमता र एकग्रता बढाउन

अहिले बच्चाहरु शारीरिक रुपमा निस्क्रिय हुँदै गएको छ, जो अभिभावकको निम्ति ‘टाउको दुखाई’ बिषय बन्दैछ । मोवाइल, ट्याबलेट, ल्यापटपको गेम र भिडियोमा लिप्त हुँदै गएका बच्चाहरु शारीरिक खेलकुदमा उति जाँगर चलाउँदैनन् । यहि कारण अहिलेका बच्चामा मोटोपन बढ्दै गएको र मधुमेहको जोखिममा पर्दै गएको अध्ययनहरुले देखाएको छ ।

हरेक अभिभावक चाहन्छन्, आफ्नो बच्चा स्वस्थ्य होस्, तन्दुरुस्त होस्, निरोगी होस्, बौद्धिक होस्, समझदार होस् । तर, अभिभावकले चाहे जसरी बच्चालाई कसरी बदल्ने । उनीहरुको आनीबानी, व्यवहार, सोच्ने शैलीमा कसरी सकारात्मक परिवर्तन ल्याउने ? राम्रो विकल्प हो, योग ।

योग भन्नसाथ वयस्क वा बृद्धवृद्धाका लागि मात्र आवश्यक छ भन्ने सोचाई आउँछ । तर, योगमा उमेरको भेद छैन । यद्यपी उमेर अनुसार कस्तो आसन वा विधी अपनाउने भन्ने कुराको चाहि ख्याल गर्नुपर्छ ।

भर्चुअल गेम, स्कुलको होमवर्क, शिक्षकको असाइमेन्ट, अभिभावकको नियन्त्रणले पनि बच्चाको मानसिक तथा शारीरिक स्वस्थ्य खराब हुँदै गएको छ । यस्तो अवस्थामा योग निकै उपयोगी हुन्छ, जसले बच्चालाई तन्दुरुस्त र चुस्त राख्न सहयोग गर्छ । किन गर्ने त योग ?

– सानैदेखि योगमा अभ्यास गराइयो भने उनीहरुले यसलाई आफ्नो जीवनशैलीकै एक हिस्साको रुपमा अंगाल्नेछन् ।

– शारीरिक एवं मानसिक विकास सहि ढंगबाट हुन पाउँछ ।

– उनीहरुमा नकारात्मक धारणा विकास हुन पाउँदैन । नराम्रो काम गर्न मन जादैन ।

– बच्चाको शरीर लचिलो हुन्छ, उनीहरुलाई सानैदेखि योगाभ्यास गराइयो भने जतिसुकै जटिल आसन पनि गर्न सक्षम हुन्छन् ।

– बच्चा जीवनभर रोगी हुँदैनन् ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार