पाकिस्तानका गधाका लागि चीनको डेढ अर्व लगानी !

पाकिस्तानमा गधाको मूल्य बढ्दैछ । यहाँका गधा अब चीन लगिनेछ । यसैका लागि चीनले गधा बिकास कार्यक्रमका लागि डेढ अर्व नेपाली रुपैयाँ भन्दा बढी लगानी गरिरहेको छ ।

समाचार एजेन्सी पिटिआईका अनुसार यो सबै खैवर पख्तुन्ख्वा प्रान्तमा चिनियाँ लगानीकर्ताहरुलाई आकर्षित गर्नको लागि गरिएको हो ।

आधिकारिक कागजातहरुका अनुसार यस प्रान्तमा गधाको संख्या बढाउने प्रस्ताव यसकारण गरिएको छ कि चीनमा गधाको छाला निक्कै उपयोगी हुन्छ । गधाको छाला अन्य कुराहरुको अलावा औषधि बनाउन अत्याधिक प्रयोग हुन्छ ।

पाकिस्तानी अखबार एक्सप्रेस टि्रब्युनका अनुसार करिव एक अर्व रुपैयाँको ‘खैवर पख्तुन्ख्वा-चीन सस्टेनेवल डंकी डेभलपमेन्ट प्रोग्राम’ चिनियाँ लगानी आकर्षित गर्नका लागि प्रान्तको तर्फबाट तयार पारिएको लगानी पोर्टफोलियोको हिस्सा हो ।

४६ अर्व डलरको चीन-पाकिस्तान इकोनोमिक करिडोर बनिरहेको छ र यसमा चीनले उल्लेख्य लगानी गरेको छ ।

कागजातमा भनिएको छ कि यस महिना चीनमा दुई दिनका रोड शो हुनेछ, त्यसमा गधासँग जोडिएको यस प्रस्ताव लगानीकर्तासामू प्रस्तुत गरिनेछ ।

यसमा अगाडि लेखिएको छ, ‘प्रस्तावित योजनाको माध्यमबाट स्थानीय गधाहरुको स्वास्थ्यमा सुधार हुनेछ जसबाट गधा पालन गर्ने समुदायको आर्थिक सामाजिक स्थान पनि सुधान हुनेछ । नयाँ प्रविधिको प्रयोग ले गर्दा गधाको प्रजनन् गराउने क्षमता पनि बृद्धि हुन्छ ।’

यो बिषय पाकिस्तानका सामाजिक मिडियाहरुमा चर्चाको बिषय बनिरहेको छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार