२८ चैत, काठमाडौं । इण्डियन प्रिमियर लिग क्रिकेटमा मुम्बई इण्डियन्सले विजयी सुरुवात गरेको छ । आइतबार राति भएको खेलमा मुम्बईले कोलकत्ता नाइट राइडर्सलाई ४ विकेटले पराजित गरेको हो ।
वान्खडे स्टेडियममा कोलकत्ताले प्रस्तुत गरेको १७९ रनको लक्ष्य मुम्बईले अन्तिम बल खेल्नु अघि ६ विकेटको क्षतिमा भेट्टायो । अन्तिम ओभरमा मुम्बईमा ११ रन चाहिएको थियो र क्रिजमा थिए हार्दिक पाण्डेय र हरभजन सिंह थिए ।
पहिलो बलमा मुम्बईले २ रन लियो । दोस्रो बलमा पाण्डेयले चौका हाने । तेस्रो बलमा कुनै रन लिन सकेन भने चौथो बलमा पाण्डेयले जीवनदान दिए ।
पाँचौ बलमा चौका हान्दै उनले मुम्बईलाई जित दिलाए । उनी २९ रनमा अविजित रहे । मुम्बईका नितिश रानाले ५० रनको योगदान दिए ।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको कोलकत्ताले २० ओभरमा ७ विकेट गुमाएर १७८ रन बनाएको थियो । उसका लागि मनिष पाण्डेयले ८१ रनको योगदान दिए ।