विद्याको ‘मरिसकेको मान्छे’ लाई बेस्ट डकुमेन्टरी अवार्ड साथै २ लाख ७५ हजार रुपैया प्राप्त

हेर्ने कथाकी चर्चित कार्यक्रम प्रस्तोता बिद्या चापागाईद्वारा निर्मित ‘मरिसकेको मान्छे’ले १५ औँ “किम्फ नेपाल पानारोमा बेस्ट डकुमेन्ट्री अवार्ड” जितेको छ। मंगलबार समापन समारोहमा ‘मरिसकेको मान्छे’ले उत्कृष्ट हुँदै अवार्ड जितेको हो। वैदेशिक रोजगारीमा गएका युवाको मृत्यु भएको र उसको शव अर्कै परिवारमा पुर्‍याइएको कथा हो ‘मरिसकेको मान्छे।’

जुन परिवारले युवाको अन्तिम संस्कार गर्छ, दुई महिनापछि उनी ज्यूँदै भएको खबर आउँछ। यहि परिवेशमा कथा घुमेको छ। यो डकुमेन्ट्रीको निर्देशन विद्या चापागाई र कमल कुमारले गरेका हुन्। उनीहरुलाई ७५ हजार रकम सहित सम्मान गरिएको छ।

साथै किम्फ डक ल्याब पिच २०१८ अन्तर्गत विद्या चापागाईंलाई नयाँ प्रोजेक्टका लागि बृटिस काउन्सिलबाट २ लाख रुपैयाँ प्रदान गरिएको छ।

बिहीबारबाट सुरु भएको किम्फको समापन मंगलबार भएको छ। समापनमा विभिन्न विधामा बनेका डकुमेन्ट्रीलाई अवार्ड सहित पुरस्किृत गरिएको छ।

इसिमोड बेस्ट माउन्टेन फिल्म अवार्ड ( एन अनसर्टेन विण्टर) भारतको हिमान्चलको दैनिकी निर्देशक मुन्मुन धलारियालाई दिइएको छ। बेस्ट इन्भेन्सन माउन्टेन फिल्म अवार्ड प्रसुना डङ्गोलको डोल्पो डायरी ले पाएको छ। उनलाई एक हजार अमेरिकी डलरबाट सम्मान गरिएको छ। नेपाल पानारोमा बेस्ट फिक्सन अवार्ड – टट्टिनीले पाएको छ। निर्देशक अविनाश विक्रम शेर्पालाई एक हजार अमेरिकी डलर सहित सम्मान गरिएको छ ।

नेपाल पानारोमा जुरी मेन्सन अवार्ड –द ग्रेट मुखियाले पाएको छ। यसको निर्देशन अशिन पौडेलले गरेका हुन्। अन्तर्राष्ट्रिय तर्फ -पहिलो – अ थाउजेन्ड गर्ल्स लाइक मि, -निदेशक –सारा मनी, अफगानिस्तान -१५०० अमेरिकी डलर दोस्रो– द नेक्स्ट गार्जियन -निर्देशक अरुण भट्टराई, डोरोत्यो जुर्बो, भुटान -१००० अमेरिकी डलर ।

तेस्रो – इस्टर्न मेमोरिज , निर्देशक – निकोलस कुलस्टोर्म, मार्तिन कार्तिनेन , फिनल्यान्ड ५०० अमेरिकी डलर अडियन्स च्वाइस अवार्ड – सुपर मोन्क, निर्देशक शेनाङ्ग ग्याम्जो तामाङ, नेपाल ५० हजार रुपैयाँ ।

Loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार