धनगढी आगलागी अपडेट : जुत्ताको पसलमा आगलागी, नियन्त्रण गर्न कठिनाई हुँदै

धनगढी, धनगढीमा आगलागी भएको छ । धनगढीको एनसीसी बैंक नजिकै रहेको गणेशलक्ष्मी इन्टरप्राइजेज–जुत्ताको पसलमा आगलागी भएको हो ।

आधा घण्टादेखि आगो नियन्त्रणको प्रयास भएपनि अहिलेसम्म आगो नियन्त्रण हुन सकेको छैन । नेपाल प्रहरी, शसस्त्र प्रहरी र स्थानीय तथा धनगढी उपमहानगरपालिले दमकलबाट आगो नियन्त्रणमा लिन प्रयास गरिरहेको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार गणेशलक्ष्मी इन्टरप्राइजेजको माथिल्लो तलामा एक्कासी दिउँसो करिब पौने चार बजे आगलागी सुरु भएको थियो

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार