कृष्णनगरमा ५ बजेपछि पुन कर्फ्यू लाग्यो

दीपक अाचार्य

तौलिहवा : जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले कृष्णनगर बजार क्षेत्रमा साँझ ५ बजेपछि पुनः कर्फ्यू लगाएको छ। सोमबार बिहान ८ बजेदेखि दुई चरणमा हटाएको कर्फ्यू पुनः लगाएको हो।

प्रशासनले सोमबार बिहान ८ बजे देखि १२ बजेसम्म र दिउँसो १२ बजेदेखि साँझ ५ बजेसम्म दुई चरणमा कर्फ्यू हटाएको थियो। तर प्रशासनले साँझ ५ बजेदेखि अर्को आदेश जारी नहुँदासम्म कर्फ्यूलगाएको हो।

शनिबारदेखि अशान्त बनेको भारतीय सीमावर्ती कृष्णनगरमा आइतबार साँझदेखि कर्फ्यूलगाइएको थियो। सोमबार बिहानदेखि कर्फ्यूहटाइए पछि त्यहाँको जनजीवन सामान्य बन्दै गएको भएपनि साँझ पुनः कर्फ्यूलगाइएको हो।

प्रशासनका अनुसार कृष्णनगर बजारको दक्षिण क्षेत्र नेपाल भारत दशगजा, उत्तरतर्फ कृष्णनगर १ शिवानगरको बढाया पोखरी क्षेत्र, पूर्व सेमरागाँउ र पश्चिम सिर्सिहवा चोकसम्म कर्फ्यूलगाइएको छ।

दुर्गा पूजाका मूर्ती बिसर्जन गर्ने क्रममा शनिबार स्थानीय हिन्दु समुदाय र मुस्लिम समुदायबीच विवाद बढेपछि जिल्ला प्रशासन कार्यालयले कर्फ्यूलगाएको थियो।

गएराति कडा सुरक्षाबीच दुर्गा पूजाको मूर्ती बिसर्जन गरिएको थियो। दसैं एकादशीमा दुर्गा पूजाको मूर्ती बिसर्जन गरिदै आए पनि यसबर्ष विवाद भएपछि द्वादसीमा मूर्ती बिसर्जन गरिएको हो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार